बारा -फागुन - १०- श्री गढीमाई बहुमुखी क्याम्पसको जग्गा खरिदका लागि नेपाली कांग्रेसका वडा सभापति झबुलाल साह कानुले १ कट्ठा जग्गा दान गर्ने घोषणा गरेका छन ।
श्री गढीमाई बहुमुखी क्याम्पसले आयोजना गरिएको श्री मद भागवत सप्ताह कथा कार्यक्रममा क्याम्पसको खरिद एवम भवन निर्माणका लागि साह कानुले एक कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन । बिगतको समयमा स्व•रामप्रसाद साह कानुले श्री गढीमाई नमूना मा.बि स्थपनाकालमा ६ कट्ठा जग्गा दान गरेको थियो ।उक्त जग्गाको अहिलेको मुल्याङ्कन गर्दा १० करोड भन्दा बढी हुने अनुमान गरेको उनको नाति झबुलाल साहले जानकारी दिएका छन । उहाँका अनुसार महागढीमाई नगरपालिका वडा नं १ को वडा बिकासका लागि पालिकामा पटक पटक पहल गर्दैआएको बताए । बिद्यार्थीको भब्य उजवलका लागिका एक कठ्ठा जग्गा आफुले दान दिने घोषणा गरेका साह कानुले बताए ।
मद भागवत सप्ताह कथामा विभिन्न पदाकाजनप्रतिनिधि स्थानीय सर्बसधारण विभिन्न प्रहरी , पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

0 Comments