बारा - मंसिर - १६- बाराको देवता गाउँपलिका वडा नं २ दक्षिण झिटकैयामा श्री शसस्त्र प्रहरी बल नेपालले बि.ओ.पि को नव निर्मित कार्यालयको उद्घाटन गरिएकोछ ।नव निर्मित कार्यालयको उद्घाटन श्री शस्त्र प्रहरी बल नेपाल, मधेस प्रदेशका छिनमस्ता बाहिनी मुख्यालय महोत्तरीका बहिनीपती स.प्र.ना.म.नि. (डि.आइ.जी) गणेश ठाडा मगरले कार्यालयको आज उदघाटन गर्नुभएकोछ ।
शास्त्र प्रहरी बल नेपालले मन्त्रीपरिषद मजकुवर गृह मन्त्रालयको बिभागिय परिचालन निति अनुरुप सिमा क्षेत्रमा चरणबद्ध रुपमा आवस्यक स्थानमा बोर्ड आउट पोस्ट सिमा सुरक्षामा गुल्म तथा गणहरु स्थापना गरि सिमा सुरक्षार्थमा अहोरात्र परिचालन गरिएकोछ । सिमा इलाका दशगजा सिमा स्थमहरु सिमापार अपराधहरु , खुल्ला सिमाबाट हुनसक्ने अबैध घुसपैठ ,चोरी निकासी पैठारी , तस्करी जन्य गतिविधिको नियन्त्रण नियमित रोकथाम रेखदेख शान्ति सुरक्षाको लागि शस्त्र प्रहरी बललाई सरकारले खटाइएको ठाडा मगरले कार्यक्रममा बताए । उनका अनुसार नेपाल सरकार मन्त्रीपरिषद मिति २०७६/८/३० गते निर्णय अनुसार सिमामा रहेका १०७ वटा शस्त्र प्रहरी बल नेपालका बिओपीहरुको संख्यामा १२१ थप गरि २२८ पुर्याउने गरि स्वकृत भइसकेको ठाडा मगरले बताए ।
कार्यक्रम जिल्ला प्रमुख अधिकारी कृष्ण बहादुर कटुवाले सिमा सुरक्षामा शस्त्र प्रहरी बलको महत्त्वपूर्ण भुमिका रहेका छन । शस्त्र प्रहरी बल बिना सिमा सुरक्षाको कल्पना गर्न सक्दैन त्यसैले सरकारले सिमा सुरक्षाको लागि शस्त्र प्रहरीलाई जिम्मेवारी दिएकोछ । सरकारको कर सुहावट चोरी तस्करी ,अबैध समान लगाएत अपराधी गतिविधि नियन्त्रणको लागि शस्त्र प्रहरी बल नेपालको ठूलो भुमिका रहेकोछ ।
देवता गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव ले प्रतेक दिन चोरी तस्करी , गर्ने तस्करलाई पहिचान गरि कर्वाहीको प्रक्रिया अगाडि बढाउनु कार्यक्रममा सबैलाई आग्रह गर्नु भयो तर किसानले आफ्नो खेतबारीको लागि खादमल ल्याउनको लागि सहुलियत गरिदिनको लागि अध्यक्ष यादवले आग्रह गर्नु भयो
कार्यक्रममा देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओकिल पाल , जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेश थापा , राष्ट्रिय अनुशन्धान कार्यालय बाराक उप अनुशन्धान निर्देशक संतोष ढुगेल , देवताल गाउँपालिका वडा अध्यक्षहरु , लगाएत समाज सेबी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।



0 Comments