बारा - कार्तिक - २३ - प्रतिनिधीसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएसंगै आफ्नै क्षेत्रमा घर दैलो कार्यक्रममा लगेका छन।
पाँच दलिय गठबन्धन र एमाले–जसपाको गठबन्धनले मुल रुपमा अहिले देशभरी निर्वाचनमा होमिएका छ्न । बारा क्षेत्र नं.४ मा पांच दलिय गठबन्धनको तर्फबाट साझा उमेदवार एकृत समाजबादी पार्टीबाट पूर्ब श्रम मन्त्री कृष्ण किसान क्षेष्ठ उम्मेद्वार छ्न भनेएमाले–जसपा गठबन्धनको तर्फबाट साझा उमेदवार पूर्ब खेलकुद मन्त्री नेकपा एमालेबाट एकबाल मियाले उम्मेद्बारी दिएका छन
यता कांग्रेसबाट असन्तुष्ट भएर स्वतन्त्र उमेदवार इच्छा बहादुर बाग्लेले आफ्नो स्वतन्त्र उम्मेद्बारी दिएका छन । नेपाली कांग्रेसका नेता इच्छा बहादुर बाग्लेको उम्मेद्बारीबाट पाँच दलिय गठबन्धनका साझा उमेदवार किसान श्रेष्ठलाई चुनावमा सक्स भएकोछ ।नेपाली कांग्रेसमा बषौ देखि त्याग तपस्या गरेपनि पार्टीले सही मुल्यांकन गरेको छैन । आफू जनतामा लोकप्रिय भएको नाताले आफू स्वतन्त्रत उमेदवारीबाट पार्टीलाई जितेर देखाउने इच्छा बहादुर बाग्लेले फेटा बजारको एक आम सभा कार्यक्रममा बताए समाजिक बिकास र समाजको लागि आफुले बर्षौं देखि सधै तात्पर्य रहने एक समाज सेबी ब्यक्ति हुन । स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ४ मा रहेको ३८ वटा वडामध्ये एकिकृत समाजवादीले तीन वडामा मात्रै जितको छ । भने कांग्रेसले आठ वडा , माओवादी ४ र लोसपाले ४ गरि १९ वटा वडा हामीले गरेको मेहनतको कारणले गठबन्धनले जितेको थियो ।
यस क्षेत्रमा बलियो जनमत रहेको कांग्रेसले प्रतिनिधि सभा र प्रदेशसभा दुवै क्षेत्रमा टिकट प्राप्त गर्न सकेको छैन । तर क्षेत्रका जनतामा धेरै घुलेका बाग्लेलेको क्षेत्र नं ४ मा लोक प्रियता बढेको छ ।
कार्यक्रममा दलको कारणले जनताले आजीत बनेका छन दलहरुले जनतालाई हरेक चुनाव ठगदै आएको पूर्ब मन्त्री प्रभु साहले बताए । कुनै पनि पार्टीले जितेर जादा यस क्षेत्रलाई बिकास गर्न सकेका छैन । क्षेत्र नं ४ को दुर्भाग्य रहेकोछ । जनता बिकाशिल नेताको प्रतिक्षामा रहेकोछ ।


0 Comments