बारा ३१ - राहुल गुप्ता -  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ६७औं प्रहरी दिवस २०७९ का अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो ।                                                           
प्रहरी प्रधान कार्यालयले ६७औं प्रहरी दिवस २०७९ का अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयकि प्रमुख नायब महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यलाई उत्कृष्ट प्रदेश प्रमुख प्रहरी व्याटन प्रदान गरेको छ ।

नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन (Police Baton) २०७९ मा उत्कृष्ट हुन सफल बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण बज्राचार्यलाई प्रमुख अतिथि माननीय मुख्यमन्त्रीले प्रशंसा-पत्र प्रदान गर्नुभएको थियो ।                                               नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन (POLICE BATON), २०७९ को क्रममा गरिएको अनुगमन तथा मुल्यांकनमा प्रदेश प्रहरी कार्यालयहरू मध्ये तहाँ प्रदेश प्रहरी कार्यालयबाट आन्तरिक व्यवस्थापन तर्फ सम्पादित काम कारवाहीहरू उत्कृष्ट रूपमा मुल्याङ्कित हुन सफल भएकोमा प्रदेश प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा उत्कृष्ट आन्तरिक व्यवस्थापन गर्न सफल तथा कुशल व्यावसायिक दक्षता एवं पेशागत निष्ठाको उच्च मुल्याङ्कन गर्दै प्रशंशा पत्र प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीको नेतृत्वमा बनाएको समितिले अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकनमा डीआईजी किरण बज्राचार्यको नेतृत्वमा रहेको कार्यालय उत्कृष्ट भएको हो ।

प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरी सर्वोत्कृष्ट हुने प्रहरी कार्यालयलाई प्रहरी दिवसका दिन पुरस्कृत गर्दै आएको छ। प्रहरी स्थापना दिवसको दिन पारेर यो पुरस्कार दिने गरिन्छ।