बारा - भदौं १८ -श्रीकान्त गुप्ता -करैयामाई गाउँपलिकाका स्थानीय जनताले कृषि,स्वास्थ, शिक्षा र भौतिक पूर्बधार क्षेत्रमा बर्षौ देखि झेल्दै आएको समस्यालाई अन्त गर्ने करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु यादवले बताएका छन ।
मधेस प्रदेशमा बारा जिल्ला स्थित रहेका करैयामाई गाउँपालिका कृषि प्रधान गाउँपालिका रहेका छन ।यस गाउँपालिकामा ९५ प्रतिशत बन्दा बढी स्थानीय जनताले कृषि पेशामा आबद्ध रहेकाछन ।यहाँका स्थानीयले कृषि पेशाबाट आय आर्जन गरेर आफ्नो जीवनको प्रतिपाल गर्दै आएको छ।यस क्षेत्रमा अधिकाश जग्गा खेतीयोग्य रहेको हुनाले यस क्षेत्रका किसानल धान,गहुँ मकै,मसुली , लगाएत विभिन्न शिजनली तरकारी ,माछा पालन ,गाई पालन ,भैंसी पालन गरेर आत्मा निर्भर बनेकाछन ।तर यहाँका स्थानीय कृषकले सिचाई अभाव बीउ बिजन र खादमलको समस्या सधै झेल्दै आएकाछन ।कृषि पेशामा आत्मा निर्भरका लागि समय समयमा बीउ बिजन , खादमल र सिचाईको ब्यवस्थापन गर्न गाउँपालिकाको पहिलो एजेन्डा रहेको नव निर्वाचित गाउँपालिका अध्यक्ष शम्भु यादवले जनकारी गराए ।
त्यस्तै करैयामाई गाउँपालिकामा नाला, सडक ढलान कल्भट र नयाँ बाटोघाटोको अभावमा स्थानीयले बर्षाको समयमा सास्ती झेप्दै आएका छन ।बिग्रेको ठाउँमा नाला ,सडक ढलान र कल्भट निर्माण र ग्रेबल गरेर चिटिक सुन्दर गाउँपालिकाको रुपमा बिकास गर्ने अध्यक्ष यादवले बताए ।उहाँले भने गाउँपालिका भित्री बिगतको समयमा शिक्षा, स्वास्थ क्षेत्रमा भएको कमि कमजोरीलाई सुधारेर अगाडि बढने त्यस्तै गरिब बिपन्न परिवारका महिलाहरुलाई विभिन्न किसिमका सिप मुलक तालिम दिएर रोजगार बनाउने त्यस्तै समाजमा बिकृतको रुपमा फैलिएको दहेज प्रथा ,महिला हिस्सा, गर्भपतन , महिनवारी सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम गरेर महिलाहरुलाई संरक्षण गर्ने अध्यक्ष यादवले बताए।
गाउँपालिका भित्री आउने सर्बसधारणको काम छिटो छरितो, गर्ने गाउँपालिका सम्पूर्ण क्रमचारीहरुको प्रतिबद्धता गरेका छन ।

0 Comments