बारा - भादौं -श्रीकान्त गुप्ता - मंसिर ४ गते  प्रदेश प्रतिनिधि  र केन्दिय प्रतिनिधिको  निर्वाचनको मिति तोके संगै केन्द्रिय नेताहरुले जिल्लामा आम सभा गर्न थालेका छन ।क्षेत्र नं २ को महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसले आम सभा गरेका छन ।

आम सभा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य   रमेश रिजालले प्रमुख अथितीको रुपमा कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसमा गुट उपगुट पहिले देखि नै चल्दै आएकोछ ।नेपाली कांग्रेस भित्री गुट उपगुटको कारणले देशमा स्थानीय तहको निर्वाचन देखि लिएर संघीय प्रतिनिधि र प्रदेश प्रतिनिधिको निर्वाचनमा अर्को पार्टीसंग गठबन्धन गर्नु परेको अवस्था रहेकोछ ।नेपाली कांग्रेस पार्टीको बिधान प्रभावकारी नभएको कारणले गुट उपगुट उग्रह रुप लिएकोछ ।कांग्रेसमा लागेको बिबादलाई कुनै नेताले सुल्झाउन नसक्ने रिजालले बताए । देशमा कांग्रेसलाई सिङ्गो सरकार बनाउनको लागि बिधानलाई संशोधन गर्नु जरुरी रहेकोछ । नत्र पार्टी दिन प्रतिदिन कम्जोर बन्दै जाने रियालले बताए । 
नेपाली कांग्रेसमा भएको गुट उपगुटको कारणले बारामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले ठूलो हार बेहोरेको छ ।कांग्रेसमा एक गुटले अर्को गुटलाई हराउने काम गर्नाले बारामा १६ पालिका मध्ये चार वटा पालिकले मात्र नेपाली कांग्रेसले जीत्न सफल भएकोछ।गत बर्षको निर्वाचनमा ७ वटा पालिका नेपाली कांग्रेसले जितेको थियो ।यदी समयमा गुट उपगुट र पार्टी भित्री बिबाद
समयमा समाधान हुन सकेन भने मंसिर ४को निर्वाचनमा पहिला भन्दा बुरा हाल हुने नगरप्रमुख उपेन्द्र यादवले बताए ।उहाँले भने पार्टी भित्री टिक खरिद बिक्री भइरहेकोछ ।एउटा मेयरको टिकटको मूल्य पचासी लाख भन्दा बढी तिरेर मेयर पदमा लडनु परेको उमेदवारहरुको बाध्यता रहेकोछ ।पार्टी भित्रीका केही ब्यक्तिले टिकट खरिद बिक्री गर्नाले  उमेदवारहरुले आजित बनेका नगरप्रमुख यादवले बताए ।

गुट उपगुटका कारण नेपाली कांग्रेस बाराको जिल्ला सभापति राजेश राय यादवले जिल्लामा कार्यसमिति लगाएत अन्य कार्यकर्तालाई एक ढिका भएर अगाडि बढन राय सलाह सुझाव पाटक पटक दिएपनि पार्टी अध्यक्ष राजेश राय यादवले कुनै चासो नदिएको र आफ्नो गुटका कार्यकर्ता पाकिटको मान्छेलाई लिएर चलिरहे सिमरौनगढ नगरपालिकाको पूर्ब नगरप्रमुख बिजय शंकर यादवले आरोप लगाएका छन ।यस्तो रवैइयाले पार्टी भित्री झन बिबाद बढदै यादवले बताएका छन ।
नेपाली कांग्रेस भित्री रहेको बिबादले नेपाली कांग्रेसका एक उमेदवारले अर्को उमेदवारलाई हराउने नियतबाट पार्टी भित्री लागेका नेता कार्यकर्तालेको कारण बाराका ४ वटा क्षेत्रबाट नेपाली कांग्रेसको पराजित निश्चित देखिएकोछ ।कार्यक्रममा संबिधान सभा सदस्य रामअजोध्या यादव , नेपाली कांग्रेसका मधेस प्रदेशका उप सभापति चन्द्र शेखर यादव , सहमहामन्त्री जयनरायण यादव , जिल्ला उपसभापति मनोज भट , ससचिव राजेश रौनियार, शम्भु बुढाथोकी , संविधान सभा सदस्य लालबाबु सिंह , पूर्ब जिल्ला सभापति जयचन्द्र चौरसिया , पूर्ब जिल्ला बिकास समिती बाराका सभापति राजेन्द्र यादव लगाएत अन्य विभिन्न पदका नेताहरु उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन भैयाराम यादवले गरेको थियो ।