बारा - सावन - ३१ -कोल्भी नगरपालिकामा सर्बसधारण स्थानीय जनताले कृषि, स्वास्थ शिक्षा र भौतिक पूर्बधार लगाएत क्षेत्रमा बर्षौ देखि झेल्दै आएको समस्या अन्त गर्ने कोल्भी नगरपालिकाको पहिलो प्राथमिकता रहेको कोल्भी नगरपालिकाका नव निर्वाचित नगरप्रमुख रामप्रसाद चौधरीले बताएका छन ।
मधेस प्रदेशको बारा जिल्ला स्थिर कोल्भी नगरपालिकामा नगर अस्पतालको अभवामा स्थानीय जनताले उपचारको लागि बर्षौं देखि झेल्दै आएको समस्या अहिले पनि रहेकोछ ।स्थानीय जनताले रोगको उपचार गराउनको लागि कलैया ,बिरगंज हेटौंडा र काठमाडौ जानू पर्ने बाध्य रहेकोछ ।१५ शैयाको नगर अस्पतालमा रहेको अधुरो कामलाई प्राथमिकमा राखेको नगरप्रमुख चौधरीले जनकारी दिए ।नगर अस्पतालको काम छिटो भन्दा छिटो निर्माणको काम पूरा गरि यसै बर्ष भित्र सेवाग्राहीलाई सेवा दिने बताए ।
त्यस्तै कोल्भी नगरपालिकामा अधिकांश स्थानीय जनता कृषि पेशामा आबद्ध रहेकाछन ।यहाँका स्थानीयले कृषि पेशाबाट आय आर्जन गरेर आफ्नो जीवनको प्रतिपाल गर्दै आएका छन।यस क्षेत्रमा अधिकाश जग्गा खेतीयोग्य रहेको हुनाले यस क्षेत्रका किसानले धान,गहुँ,मकै,मसुली , विभिन्न सिजनली तरकारी ,माछा पालन ,गाई पालन ,भैंसी पालन गरेर आत्मा निर्भर बनेका छन ।तर यहाँका स्थानीयले सिचाई अभाव बीउ बिजन र खादमलको समस्या सधै झेल्दै आएकाछन ।खादमल बिउको समस्या देश भरी रहेकोछ ।तर यहाँका कृषकलाई कृषि पेशामा आत्मा निर्भरका लागि समय बीउ बिजन , खादमल र सिचाईको ब्यवस्थापन गर्ने नगरप्रमुख प्रतिबद्धता रहेकोेछ ।
त्यसरी कोल्भी नगरपालिकामा नाला सडक ढलान कल्भट र नयाँ बाटोघाटोको अभावमा स्थानीयले बर्षाको समयमा घर भित्री पानी पस्ने र बाटो हिलोको कारण आउन जान सास्ती झेप्दै आएका छन ।बिग्रेको ठाउँमा समय भित्री नाला , सडक ढलान र कल्भटको निर्माण गरेर स्वच्छ नगरपालिका बनाउने नगरप्रमुखले बताए ।
नगरपालिका भित्री बिगतको समयमा भएको शिक्षा र स्वास्थ क्षेत्रमा कमि कमजोरीलाई सुधारेर अगाडि बढने र गरिब बिपन्न परिवारका महिलाहरुलाई विभिन्न किसिमका सिप मुलक तालिम दिएर रोजगार बनाउने र गर्भवती महिलालाई समयमा निशुल्क चेक जांच गराउने महिलाहरुका लागि योजना रहेकोछ ।त्यस्तै समाजमा बिकृतको रुपमा फैलिएको दहेज , प्रथा ,महिला हिस्सा, गर्भपतन , महिनवारी सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम गरेर महिलाहरुलाई संरक्षण गर्ने नगरप्रमुखको भनाई रहेका छन ।
नगरपालिका भित्री आउने सर्बसधारणको काम छिटो छरितो ,समयमा गर्ने नगरपालिकाको सम्पूर्ण क्रमचारीले प्रतिबद्धता गरेका छन ।



0 Comments