बारा -सावन २६ - महागढीमाई नगरपालिकामा हिजो राती कुकुरको टोकाइबाट ग्रस्त भएर बाटोमा लथालिङ्ग अवस्थामा परेको छाडालाई यूवाहरु द्वारा उद्धार गरिएकोछ ।
महागढीमाई नगरपालिका वडा न. २ बरियारपुर बजारमा हिजो राती १ एक बजे करिब सात आठ वटा कुकुरले मिलेर एक छाडालाई टोकेर गम्भीर घाइते बनाएको हो । कुकुरको टोकाईबाट पिडाबाट असमर्थ भएर बाटोमा लथालिङ्ग अवस्थामा परेको देखेर केही यूवाले समाजिक संजालमा फोटो हालेपछि सो छाडाको उपचार महागढीमाई नगरपालिका वडा नं २ का यूवा नेता चन्दन स्वर्णकारको नेतुत्वमा सो छाडाको उपचार गर्न सफल भएको हो ।संतोष यादव, गिरधारी यादव पप्पु कुश्वाहा र पशु सेवा शाखाका प्रमुख नागेन्द्र कुश्वाहा र सो शाखाको सहयोगी सोनालाल ठाकुर लगाएत अन्य यूवाको सहयोगमा उपचार गर्न सफल भएको थियो ।उपचार गर्ने क्रममा अपुग भएको औषधिमा आर्थिक सहयोग संचार कर्मी( पत्रकार ) श्रीकान्त गुप्ताले गरेको थियो ।

लथालिङ्ग अवस्थामा परेको छाडाको अवस्था समान्य भएकोछ ।छाडालाई संरक्षण र उपचार गर्न पशु सेवा शाखा कार्यालय बरियारपुरले लिएकोछ । पशु सेवा शाखाका क्रमचारीको लापरवाहीले पशु सेवा शाखामा औषधि लगाएत चेक जांच गर्ने उपकरणको अभाव रहेकोछ । नगरपालिकाले औषधि र सेवा सुबिधा उपलब्ध गराएपनि पशु सेवा कार्यालयले समयमा माग गर्न नसकेको कारणले अन्य सेवाग्राहीलाई सास्ती खेप्नु परेका महागढीमाई नगरपालिका वडा - नं २ का वडा अध्यक्ष बिश्वनाथ कुश्वाहा लगाएत अन्य स्थानीयले गुणासो गरेका छन ।