बारा - सावन १६ -श्रीकान्त गुप्ता - फेटा गाउँपलिकाका सर्बसधारण स्थानीय जनताले कृषि, स्वास्थ शिक्षा र भौतिक पूर्बधार क्षेत्रमा बर्षौ देखि झेल्दै आएको समस्या अन्त गर्ने फेटा गाउँपालिकाको पहिलो प्राथमिकता रहेको फेटा गाउँपालिका अध्यक्षले बताएका छन ।
मधेस प्रदेशको बारा जिल्ला स्थिर फेटा गाउँपालिका कृषि प्रधान गाउँपालिकाको रुपमा जिल्लामा पहिचान बनाएको हो ।यस गाउँपालिकामा ९५ प्रतिशत बन्दा बढी स्थानीय जनताले कृषि पेशामा आबद्ध रहेकाछन ।यहाँका स्थानीयले कृषि पेशाबाट आय आर्जन गरेर आफ्नो जीवनको प्रतिपाल गर्दै आएको छ।यस क्षेत्रमा अधिकाश जग्गा खेतीयोग्य रहेको हुनाले यस क्षेत्रका किसानले धान ,गहुँ ,मकै ,मसुली , विभिन्न सिजनली तरकारी ,माछा पालन ,गाई पालन ,भैंसी पालन गरेर आत्मा निर्भर बनेका छन ।तर यहाँका स्थानीयले सिचाई अभाव बीउ बिजन र खादमलको समस्या सधै झेल्दै आएकाछन ।कृषि पेशामा आत्मा निर्भरका लागि समय समयमा बीउ बिजन , खादमल र सिचाईको ब्यवस्थापन गर्न जरुरी रहेको हुनाले बिकासको पहिलो एजेन्डा कृषिहरु समस्यालाई ब्यवस्थापन गर्ने नव निर्वाचित गाउँपालिका अध्यक्ष रुषतम अंसारीले बताउनु भएको छ ।
त्यस्तै फेटा गाउँपालिकामा नाला सडक ढलान कल्भट र नयाँ बाटोघाटोको अभावमा स्थानीयले बर्षाको समयमा घर भित्री पानी पस्ने र बाटो हिलोको कारण आउन जान सास्ती झेप्दै आएका छन ।बिग्रेको ठाउँमा समय भित्री नाला , सडक ढलान र कल्भटको निर्माण गरेर चिटिक सुन्टर गाउँपालिकाको रुपमा बिकास गर्ने अध्यक्ष अंसारीको बताए ।गाउँपालिका भित्री बिगतको समयमा भएको शिक्षा र स्वास्थ क्षेत्रमा कमि कमजोरीलाई सुधारेर अगाडि बढने बताए ।त्यस्तै गरिब बिपन्न परिवारका महिलाहरुलाई विभिन्न किसिमका सिप मुलक तालिम दिएर रोजगार बनाउने र गर्भवती महिलालाई समयमा निशुल्क चेक जांच गराउने महिलाहरुका लागि योजना रहेकोछ । त्यस्तै समाजमा बिकृतको रुपमा फैलिएको दहेज , प्रथा ,महिला हिस्सा, गर्भपतन , महिनवारी सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम गरेर महिलाहरुलाई संरक्षण गर्ने अध्यक्ष अंसारीको भनाई रहेका छन ।
गाउँपालिका भित्री आउने सर्बसधारणको काम छिटो चरितो ,समयमा गर्ने गाउँपालिका सम्पूर्ण क्रमचारीले प्रतिबद्धता गरेका छन ।

0 Comments