बारा -असार - १० - गुणस्तरीय शिक्षा , स्वास्थ , भौतिक पूर्बधार , पर्यटन , ब्यवसाय ,रोजगारी र खेलकुद लगाएत अन्य क्षेत्रलाई समेटेर बिकासका लागि योजना बनाएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले ९ औं नगर सभा कार्यक्रमको उद्घाटन गर्दै बताएकोछ ।
कृषि क्षेत्र बिकासका लागि समय समयमा कृषि सम्बन्धि तालिम , बिउ बिजन समेत उपलब्ध गराउने नगरप्रमुखले बताएका छन ।त्यस्तै बेरोजगार यूवालाई विभिन्न किसिमको तालिम दिएर रोजगारी बनाउने , समाजिक बिकृतीलाई रोक लगाउने , सडक ढलान नाला निर्माण कल्भट निर्माण गर्ने त्यसरी शिक्षा तर्फ गरिब जेहन्दार बिद्यार्थीको छात्र वृत्ति , बिधालयको भवन निर्माण , गुणस्तरीय शिक्षा प्रदान गर्ने ,लगाएत अन्य क्षेत्रमा जनताको आवस्यकता अनुसार बिकास गर्ने नगरप्रमुख साहले प्रतिबद्धता गरेकोछ। दुई बर्ष भित्र कलैया उपमहानगरपालिकामा १४ बिघा छेत्रफलको एलानी जग्गामा रास्ट्रीय स्तरको कृकेट खेल स्टेडियम बनाउने समेत घोषणा गरेका छन ।
कलैया उपमहानगरपालिकाको नगर उप प्रमुख रौशन प्रविणको आग्रहमा प्रमुख प्रशाासकिय अधिकृत नाथु साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।