बारा - असार - १० - आदर्श कोतवाल गाउँपालिकाले आ.व २०७९/८० को लागि ३९ करोड ७७ लाख बजेट सर्बजनिक गरेको छ।
नीति तथा गाउँ सभा कार्यक्रममा गाउँपालिका अध्यक्ष जवाहर साहले बजेट सर्बजनिक गरेका छन । गाउँपालिका अध्यक्षले बजेट प्रस्तुत गर्दै चालूतर्फ २१ करोड ९१ लाख ४३ हजार, पूँजीगततर्फ १६ करोड ८५ लाख ५८ हजार रहेको बताए। उनले समानीकरण अनुदान ११ करोड ३४ लाख, राजस्व बाँडफाँड आठ करोड ३३ लाख ४३ हजार, सशर्त अनुदान १५ करोड ४० लाख, विशेष अनुदान ७० लाख, समपूरक अनुदान ७० लाख रहेको बताए।
यसैगरी, मधेस प्रदेश सरकारतर्फबाट समानीकरण अनुदान ७९ लाख ५८ लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख, आन्तरिक स्रोत दुई करोड गरी कुल ३९ करोड ७७ लाख एक हजारको बजेट प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाली काङ्ग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवले मधेस प्रदेशका जनताले सब भन्दा बढी नागरिक्ताको समस्या झेलिरहेका छ्न ।नागरिकताको समस्य समधान गर्न हामी लागि परेको बताएका छ्न। त्यस्तै यस गाउँपालिकाले जनताले चाहेको अनुसार विभिन्न क्षेत्रमा बिकास गर्ने जनतामा अश्वासन दिनु भएकोछ ।
कार्यक्रममा समाजसेवी बृजेशकुमार सिंह, राकेशकुमार कुशवाहा, रामराजा क्याम्पस, कलैयाका प्रमुख मणिभूषण कुशवाहा, गुड्डु यादव लगायतले मन्तव्य राखेका थिए।गापा अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साह, सञ्चालन प्रशासन शाखाका सुनील विक्रम थापाले गरेका थिए



0 Comments