बारा -असार - ८ - बाराको महागढिमाई नगरपालिकाकाको छैठौ नगर सभा तथा नीति कार्यक्रमको उद्घाटन नगर प्रमुख र उपप्रमुखले सयूक्त रुपमा उद्घाटन गरि आज देखि नगर सभा कार्यक्रम शुरु गरेका छन ।नगर प्रमुख उपेन्द्र प्रसाद यादवले र उपप्रमुख तारा देबी कानुले आफ्नो कोरकोमल हाथबाट कार्यक्रमको उद्घाटन गरि उपप्रमुख तारा देबी कानुको अध्यक्षता नगरप्रमुख उपेन्द्र यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेकाछन।
नगर सभा तथा नीति कार्यक्रममा एक वडा अध्यक्षले मेग्नेटीङ्ग च्यातेको कारणले केही समय नगर सभा कार्यक्रम रोकेको थियो ।केही राजनीति दल र नेताको परिचालनमा परेर अध्यक्षले मेग्नेटीङ्ग च्यातेको नगरप्रमुख यादवले आरोप लगाएका छन ।नव निर्वाचित जनप्रतिनिधिलाई बाहिर परिचालनमा नपर्न र आफुसंग कान्धामा कन्ध मिलाएर नगरको बिकासमा अगाडि बढन कार्यक्रममा आग्रह गरेका थिए।बिकासको काममा अवरोध गरेमा जनताले भोलिको दिनमा नछोडने छ।बिबाद गर्दा जनप्रतिनिधिको प्रतिष्टामा आच आउने बताएको हो ।तर बिपक्षी र दलका निर्वाचित प्रतिनिधिले नीति तथा कार्यक्रममा योजना छनौट गर्दा समन्य गर्नु पर्ने आवश्यक रहेकोछ । प्रदेश सरकारले बनाएको एन नियम र कानुनको प्रयोग गर्दै नगर सभा कार्यक्रम नगर प्रमुखले गरेको थियो

नगर सभा तथा निति कार्यक्रममा शिक्षा ,स्वास्थ ,कृषि, पर्यटन ,र भौतिक पूर्बधार लगाएत अन्य क्षेत्रलाई प्राथमितामा राखेको नगरप्रमुख यादवले कार्यक्रममा प्रस्तुत गरेको थियो ।स्वास्थ क्षेत्रमा दुई वटा स्वास्थ केन्द्रमा नि:शुल्क ल्याब संचाल गर्ने , नगर अस्पताल निर्माण गर्ने र स्वास्थ शिबिर संचालन गर्ने , क्यान्सर , मुर्गौला , मुटुक मेरुदण्ड लगाएत बिरामीलाई दिदै आएको सेवा सुबिधामा निरन्तरता दिने , त्यस्तै शिक्षा क्षेत्रमा नगर भित्री रहेका बिधालयमा भवन , छात्राहरुको लागि साइकल बितरण ,भेटनरी शिक्षा ,कृषि शिक्षा ,कम्प्युटर शिक्षा ,छात्रा र महिलाको लागि सेनेटरी पैड बितरण , स्कलर सीपमा नाम निकालेका बिद्यार्थीलाई सेवा सुबिधा ,कक्षा कोठामा टिक टक बनाउन प्रतिबन्ध लगाएको नगर सभामा नगर प्रमुखले प्रस्तुत गरेको थियो ।
त्यस्तै गढीमाई क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने, गढीमाई मंदिरलाई थप सुन्दर बनाउने , सुर्य मंन्दिरको निर्माणको काममा तिब्रता दिने, नगरपालिकाले २५ बिगाहा जग्गा खरिद गरि नगर ताल बनाउने , यूवाहरु लाई विभिन्न किसिमको तालिम सीप दिएर रोजगारी बनाउने , यूवाहरुलाई खेलकुदमा अगाडि बढाने , खेलकुद रङ्गशाला बनाउने र विभिन्न क्षेत्रमा बिकास गर्ने नीति नगर प्रमुखले प्रस्तुत गरेका थिए ।


नगर सभा कार्यक्रममा निर्वाचित जनप्रतिनिधि , क्रमचारी प्रहरी पत्रकार ,उपस्थित रहेको थियो । निति तथा कार्यक्रमका संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरेमुस्तुफाले गरेको थियो ।