बारा -असार - ९ -श्रीकान्त गुप्ता - नेपालको समृद्धि सुशासन र आर्थिक बिकासका लागि बाराको निजगढमा अन्तर्राष्ट्रिय विमान स्थल उपयोक्त रहेको नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले कोलभी नगरपालिकाको आठौं नगर सभा कार्यक्रमलाई सम्बोधन गर्दै बताएकोछ।केही राजनीति दलका सकृय बिकास बिरोध नेताहरुले बिभिन्न बहानामा अन्तर्राष्ट्रिय विमान स्थल रोक लगाउन खोजेका छन ।उनले भने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा प्रस्तुत गरिएको निजगढ विमानस्थल नै नेपालका लागि उपयुक्त अन्तर्राष्ट्रिय विमानस्थल रहेकोछ प्राविधिक दृष्ठिकोण, जमिनको अवस्था, काठमाडौंसँगको दुरी लगायतका पक्षबाट निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने मन्त्री चौधरीले बताएकाछ्न ।समयको माग, यात्रुको चाप, समृद्ध नेपालका लागि पर्यटक भित्राउने आधार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता लगायतका कारणले वैकल्पिक अन्तर्राष्ट्रिय विमान स्थलको आवस्यकता रहेकोछ ।काठमाडौंको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई चापमा परेको छ चाप कम गर्न अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पहरु खोज्दै जाने क्रममा निजगढमा जंगल फडानी गरेर विमानस्थल बनाउन उपयुक्त देखिएका छन । यो कुरा विभिन्न अध्ययन अनुसन्धानहरुले प्रमाणित गरेकाछन ।नेपालको आर्थिक बिकास ,नेपालको पर्यटकिय बिकास ,नेपालको ब्यपारी बिकासको लागि बाराको अन्तरास्ट्रिय विमानस्थल निजगढमा नै बन्ने खानेपानी मन्त्री चौधरीको भनाई छ ।
नगरसभा कार्यक्रममा शिक्षा ,स्वास्थ ,कृषि, पर्यटन ,र भौतिक पूर्बधार लगाएत अन्य क्षेत्रलाई प्राथमितामा राखेको कोलभी नगरपालिका नगरप्रमुख रामप्रसाद चौधरीले कार्यक्रममा बताउनु भएकोछ ।कार्यक्रममा प्रदेश सभा सदस्य त्रीलोकी चौधरी,उप मेयर लक्ष्मी चौधरी,सम्पुर्ण वडा अध्यक्ष,नगर सभा सदस्यहरु,प्रमुख प्रसासकिय अधिकृत महमद साबिर,सम्पुर्ण राजनितिक दलका प्रतिनिधि तथा सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।प्रमुख प्रसासकिय अधिकृत महमद साबिरले स्वागत गरेको कार्यक्रमको सन्चालन योजना शाखा प्रमुख अजय उप्रेतिले गरेका थिए ।


0 Comments