बारा - बैशाख २० - नेपाली काँग्रेसका बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति एवम सिम्रौनगढ नगरपालिकाका मेयर पदका उम्मेदवार बिजयशंकर यादवले नेपाली काँग्रेसमा एक जुट भएर नेपाली कांग्रेसलाई जिताउन मतदाताहरुलाई आग्रह गरेका छन ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सिमरौनगढमा घरदैलो पछि चुनावी सभालाई सोमबार सम्बोधन गर्दै मेयरका उम्मेदवार यादवले नेपाली काँग्रेस पार्टीले नै
देशको विभिन्न समस्या समधान समाधान गर्दै आएको बताएका छन ।आफुले निर्वाचन जितेपछि शिक्षा स्वास्थ भौतिक पूर्बधार , र पर्यटन क्षेत्रमा राम्रो बिकास गरेको यादवले बताएका छन। उहाँ भने सिमरौनगढको अवस्था ज्यादै नाजुक थियो । जिल्लाको दक्षिणी बेलटमा पर्ने सिमरौनगढ नगरपालिकामा बाटोघाटो थिएन , स्वास्थ चेक जांचको लागि अस्पताल थिएन पर्यटन आउने सम्भावना थिएन आज सबै क्षेत्रमा सुधार भएकोछ । त्यस्तै मुलुकको हरेक परिवर्तनमा नेपाली काँग्रेस पार्टीले खेलेको भुमिकालाई स्मरण गराउदै मेयर पदका उम्मेदवार यादवल दतचित भई काँग्रेसको पक्षमा महौल बनाउनका लागि सबैलाई आग्रह गरेका थिए ।
लोकतन्त्रलाई मजबुत गर्न, बिधीको शासन कायम गराउन,भष्टाचारलाई नियन्त्रण गर्नका लागि नेपाली काँग्रेस लागी परेको बताउदै नगरमा सुलभ शिक्षा, स्वच्छ खानेपानीको व्यवस्था, बाटोघाटो, स्मार्ट सिटी खेलकुद मैदान, ठाँउ ठाँउमा पार्क, पुल पुलेसा, मठ मस्जिद, निर्माण, हरिया भरिया नगर बनाउनका लागि बृहत योजना सहित अगाडी बढने प्रतिवद्धता ब्यक्त गर्दै घर दैलो कार्यक्रम गरेका थिए।


0 Comments