बारा - माघ १९ - कलैया उपमहानगरपालिका वडा नम्बर ४ रामपुर दलित बस्तिमा जाडोमा लागाउने बालबालिकाहरुको लागि न्यानो कपडा बितरण गरिएको छ ।
शहरी गरिबी निवारण मंचले गरेको आयोजनामा कार्यक्रमको प्रमुख अथिती कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादवको कोरकमल हाथबाट ३९ जना बालबालिकालाई कपडा वितरण गरिएको हो ।

लुमन्ति आवाशको लागि सहयोग समूह, विरगंज कपडा बैंक , प्रितम रेडिमेड स्टोर्स ,शैली मानन्धर र दिपेश राज यादवको सहयोगमा उक्त कपडा वितरण गरिएको मंचका अध्यक्ष रबिन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।

शहरी गरिबी निवारण मंचको आयोजनामा भएको कार्यक्रममा लुमन्तिका संयोजक अब्दुल कैश , सामुदायिक सहजकर्ताहरु अनिल मण्डल, सूर्यराज पासवान, सरीता कुशवाहा, अजय यादव, इन्जिनियर विवेक तिवारी , मंचका सदस्य रामविनय राम को उपस्थिति रहेकोे थियोे । कार्यक्रम को संचालन मंचका कार्यक्रम संयोजक शिवनाथ रामले गरेका थिए ।