बारा - माघ -१९ - महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादव द्वारा राधा कृष्ण मंन्दिरको आज शिलान्यास गरिएकोछ । 

महागढीमाई नगरपालिका वडा नं १ गढीमाई मन्दिर भन्दा एक हजार मिटर दुरी पश्चिम त्राहि अच्युत आश्रममा श्री राधाकृष्ण मंन्दिरको शिलान्यास गरिएको हो।श्री राधाकृष्ण मंन्दिर निर्माणको लागि नगरपालिकाबाट २० लाख सहयोग भएको नगरप्रमुख यादवले बताउनु भएकोछ ।नगरमा राजनीति खिचातानी नेपालमा तीन किसिमको सरकार भएको र बिपक्षीका कारण नगरपालिका भित्री चाहेको जस्तो बिकास गर्न नसकेको र अगमी चुनावमा आफुले जितेपछि नगरबासीको चाहना अनुसार बिकास गर्ने नगरबासीलाई नगरप्रमुखले असवासण दिएका छ्न ।
त्राहि अच्युत आश्रम हिन्दुधर्मको संरक्षण गरिदै गढीमाई क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा बिकास गर्नमा सहयोग गरेकाछन गढीमाई क्षेत्र हिन्दुधर्मको राजधानी भनेर चिनिने ठाउँ भएको हुनाले यो ठाउँ देशमा एउटा छुटै पहिचान बनाएकोछ ।यस त्राहि अच्युत संस्थामा लागेका गुरुजनहरुको तर्फबाट जितेन्द्र गुप्ताले अधर्मको समयमा धर्मको कसरी संरक्षण हुन्छ भने हिन्दु धर्मप्रति चिन्ता ब्यक्त गरेकाछन ।
त्रहि अच्युत आश्रममा राधाकृष्ण मंन्दिरको शिलान्यास कार्यक्रममा , कलैया ओम शान्ति आश्रमको स संचालिका ब्रहमाकुमारी , राजयोग सेवा केन्द्र बरियारपुरबाट ब्रम्हा कुमारी गंगा दिदी , महागढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महमद शेर मुस्तुफा , स्वास्थ इन्चार्ज बिजय कुशवाहा ,महागढीमाई नगरपालिकाको सल्लाहकार ,भैयाराम यादव , नगरसभापति भुलेन्द्र यादव , नेपाली कांग्रेस वडा नं १ को सभापति झब्बु साह ,त्राही अच्युत आश्रमका पदाधिकारीहरु ,नगरपालिकाको वडा अध्यक्षहरु , पत्रकार ,समाज सेबी लगाएत उपस्तिथि रहेको थियो । सभा अध्यक्षता प्रशुतम कुशवाहा र कार्यक्रम संचालक ज्ञानप्रकाश रौनियारले गरेको थियो ।


0 Comments