बारा - २० - पौष - श्रीकान्त गुप्ता - बारागढी गाउँपालिकाको सहकार्यमा जन स्वास्थ कार्यालय कलैया र मेरी स्टोप कार्यालय बिरगंजको आर्थिक सहयोगमा बारागढी गाउँपालिकामा गरिब बिपन्न परिवारका महिलाहरुलाई परिवार नियोजन गरेपछि उनीहरु खुसी भएका छ्न ।
आर्थिक अवस्था कमजोरका कारण बर्षौ दिन देखि परिवार नियोजन गराउन नसेका गरिब बिपन्न परिवारकाको लागि गाउँपालिकाले गाउँ घरमा परिवारनियोजनको लागि बन्दोबस्त गरेपछि गरिब परिवारको लागि राहत भएको हो ।आर्थिक अवस्था कमजोरका कारण बर्षौ देखि विभिन्न अस्थायी साधन प्रयोग गरेर संन्तान उत्पादनमा नियन्त्रण गरेको थियो ।महिलाहरुले परिवार नियन्त्रणको लागि स्वास्थ चौकी र प्राइभेट किल्निकबाट विभिन्न औषधि , सुई र चक्की प्रयोग गर्दै आएको थियो । तर अस्थायी साधनबाट विभिन्न समस्या महिनवारी धेरै दिन सम्म हुँदै रहने , बढी रगत बग्ने , पेट दुखने , वाकवकी हुने जस्ता समस्या झेल्दै आएको थियो । कति महिलाको पाठय घरमा क्यान्सर लागेर मृत्युु भइसकेको छ। भने अहिले कति महिलालाई पाठय घरमा घाउ लागेर पीडा भोगिरहेका छ्न ।महिलाहरुलाई परिवार नियोजन गराउनको लागि कलैया बिरगंज र जिल्लाको अन्य ठाउँमा जानु पर्छ। तर बारागढी गाउँपालिकाको वडा नं ३ मा रहेको स्वास्थ चौकी भवनमा गाउँपालिकाले ब्यवस्थित ढङ्गले परिवार नियोजनको बन्दोबस्त गरेपछि गरिबपरिवारको राहत भएको स्थानीयले बताएको छ ।
बारागढी गाउँपालिकाले महिलालाई परिवार नियोजन गराउनको लागि महिलालाई घरबाट एमबुलेन्समा ल्याउने र अप्रेसन भएपछि घर सम्म पुर्याउने ब्यवस्था गरेको छ । त्यस्तै महिलालाई नि: शुल्क औषधि समेत बितरण गरिएको छ ।नि शुल्क परिवार नियोजनमा ७० जना महिलाले परिवार नियोजन गराएको बारागढी गाउँपालिकाको शाखाका प्रमुख ओमप्रकाश चौधरी बताएका छ्न ।
बाराको अन्य स्थानीय तहमा महिलाले परिवार नियोजनको अभावमा विभिन्न अस्थायी साधन प्रयोग गरिरहेकोछ ।अस्थायी साधन प्रयोगबाट महिलाहरुले विभिन्न रोगको चपेटामा परिरहेका छन । तर पैसाको अभावमा परिवार नियोजन गराउ सकेका छैन ।


0 Comments