बारा - माघ - १५ - बाराको सुवर्ण गाउँपालिका वाड न. –४ मा ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिएको छ ।
गाउँपालिकाले ४९ लाखको वडास्तरीय बजेटबाट वडाका ५३५ घरपरिवारलाई ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिएको हो । नेपाल सरकारको धुवाँरहित अभियान अन्तरगत कार्यक्रमको आयोजना गरि सो वडामा ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिएको हो ।सो कार्यक्रमलाई गाउँपालिका अध्यक्ष महेन्द्र यादवले सम्बोधन गर्दै गाउँपालिकाको वडा नम्बर ४ मा ५३५ घरपरिवारलाई ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिएको जानकारी गराएकोछ । उनले अन्य वडाहरुमा पनि पालैपालो ग्याँस सिलिण्डर तथा चुलो वितरण गरिने बताए।
क्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले वडामा कसैलाई काखापाखा गरि गैस सिलिन्डर बाडने छैन ।कसैले काखापाखा गरेमा गाउँपालिकामा जनकारी गराउन सबैमा आग्रह गर्नु भयो ।


0 Comments