बारा -१८- पौष - सूवर्ण गाउँपालिकाले उच्च शिक्षाको लागी एक जना छात्रलाई छात्रवृत्ति प्रदान गरेका छ्न ।
सवर्ण गाउँपालिका वडा नं ८ पशुरामपुर टोलमा बस्ने शेर मोहराबलाई उच्च शिक्षा (एम बि बि एस )पढनमा सहजता होस भन्दै गाउँपालिका अध्यक्ष महेन्द्र यादव र प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तको सयूक्त हाथबाट एक लाख सैतिस हजारको चेक मोहराबलाई हस्तान्तरण गरेका छ्न । उनलाई गामछा टिका र फुलमाल लगाएर समान गर्दै चेक हस्तान्तरण गरेको हो । उच्च शिक्षामा गाउँपालिकाको नाम रोसन गर्ने बिद्यार्थीलाई गाउँपालिकका सहयोग गर्नेमा कहिले पछि नपर्ने गाउँपालिका अध्यक्ष महेन्द्र यादवले बताए । अध्यक्ष यादवले भने गाउँपालिका भित्री उच्च शिक्षा बिएड सम्म पठन पाठन गराउन गाउँपालिकाको लक्ष्य रहेको छ ।बिएड सम्म पठन पाठनको गाउँपालिकाले लागि परेको अध्यक्षले बताए ।
छात्रवृत्ति प्राप्त गरेका मोहराब श्री जनता मा.बि कवही जब्दी बाट एस एल सी अध्ययनपछि प्लस टु काठमाडौको पेन्टागन ईन्टरनेशनल कलेजबाट सकेर कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाबाट एम बि बि एस का लागि नाम निकालेर पढ्न जान लागेको प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले बताएका छन ।श्रीवास्तले भने हुने बिरुवाको चिलो पात मोहराबमा डाक्टर बन्ने लक्षण र इच्छा देखेकोले गाउँपालिकाले उनलाई सम्मान गरेर छात्रवृत्ति प्रदन गरेको छ ।आफुले गाउँपालिका भित्री आएपछि शिक्षा,स्वास्थ र भौतिक बिकासको कार्यमा जनप्रतिनिधिसंग गाउँपालिकाको सम्पूर्ण क्रमचारी टिपले कान्धमा काधमा मिलाए गाउँपालिकाको बिकास गरेको श्रीवास्तवले बताए ।
छात्रवृत्ति प्रदान गरेको मोहराबले आफुलाई गाउँपालिकाले सम्मान र बिश्वासको लागि सदा गाउपालिकाको आफू माथी ऋणि रहने बताउदै भबिस्यमा आफुले यस पालिकाको जनतालाई सेवा गर्ने प्रतिबद्धता जनाएका छन ।


0 Comments