बारा -७- पौष- श्रीकान्त गुप्ता - बारागढी गाउँपालिकाको सहकार्यमा आसमान नेपाल र भियसो संस्थाको साझेदारीमा(community score card ) स्वास्थ सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।


बारागढीगाउँपालिका वडा नं ३ नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा आज तीन दिन देखि संचालनमा आएको स्वास्थ सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको हो ।कार्यक्रममा पहिलो दिन बारागढी गाउँपालिकाको स्वास्थ्य शाखा आसमान नेपाल भियसो र बारागढीगाउँपालिकाको २० जना सेवाग्राही बिच स्वास्थ सम्बन्धि विभिन्न बिषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो भने दोस्रो दिन आसमान नेपाल ,भियसो र बारागढी गाउँपालिकाको सम्पूर्ण वडामा भएको स्वास्थ चौकीको क्रमचारी बिच जनताको स्वास्थ सम्बन्धि विभिन्न रोगको छलफल अन्तरक्रिया कार्यक्रम भएको थियो ।आज तेस्रो दिन बारागढी गाउँपालिकाको सम्पूर्ण वडामा भएका स्वास्थ्य चौकीको क्रमचारी , गाउँपालिकाको २० जना सेवाग्राही ,आसमान नेपाल ,र भियसो बिच प्रतिस्पर्धात्मक छलफल अन्तरक्रिया कार्यक्रम भएको छ। कार्यक्रममा समितिको सामबेशिता योजना तथा समीक्षा  समिितिको  बैठक र ब्यवस्थापन सम्बन्धि बारागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले सुझाव दिनु भएको छ ।उनको अनुसार गाउँपालिका भित्री सेवाग्राहीलाई स्वास्थ शिबिर ,आँखा शिबिर ,परिवार नियोजन , बालबिषेशज्ञ शिबिर समेत संचाल गरेर बारागढी गाउँपालिकाको सेवाग्राहीलाई सेवा दिएको बताउनु भएकोछ ।यस बर्षमा पनि विभिन्न शिबिर संचालन गरेर स्वास्थ सम्बन्धि सेवा दिने अधिकृत चौधरीले बताउनु भएको छ ।
त्यस्तै योजना तथा आवस्यक पूर्बधार ब्यवस्थामा अपाङ्गमैत्री , बालमैत्री , किशोरकिशोरी मैत्री भवन तथा कोठाको ब्यवस्थापन गर्न , अपाङ्ग , अल्पसंख्या , तथा लौङ्गिकहरुको लागि अध्यन र आवस्यक्ताको पहिचान गर्न कार्यक्रममा छलफल गरि निर्णय भएकोछ ।महिला मानव अधिकार रक्षक सरवस्ती खरेल बताउनु भएको छ ।
बारागढी गाउँपालिकाको जनतालाई प्रभावकारी ढङ्गले स्वास्थ सम्बन्धी सेवा दिदै आएको बारागढी गाउँपालिकाको अध्यक्ष देवदत बछार थारुले कार्यक्रममा बताउनु भएको छ ।गाउँपालिकाको सम्पूर्ण स्वास्थ चौकीमा आवस्यकता अनुसार सम्पूर्ण औषधि पनि उपलब्ध रहेको हुनाले स्वास्थ चौकी भित्री चेक जाँच गराएर सेवा लिन सेवाग्राहीलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा गा पा अध्यक्ष श्री देवदत्त बछार थारुको अध्यक्षता तथा उपाध्यक्ष श्री लक्ष्मीदेवी राय, प्र प्र अ श्री आमोद चौधरी, वडा नं ३ का वडा अध्यक्ष श्री छठ्ठु राउत अहिर, का पा सदस्य श्री कलावती देवी चौधरी, श्री जोगिन्द्र साह कानु, वडा सदस्य श्री रायमलदेवी राम, स्वास्थ्य शाखा प्रमुख श्री ओमप्रकाश चौधरी, स्वास्थ्य चौकीका प्रमुखहरु, स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, समुदायका अगुवा, किशोरकिशोरी, आम समुह, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यालयका प्र अ लगायत अन्य सेवाग्राहीहरु र भियसो तथा आसमान नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।