बारा - २९ - मंसिर - महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादव द्वारा बिधालयहरुमा गरिएको छड्के अनुगमनमा एक जना शिक्षकले अनियमिता गरेको पक्राउ परेको छ ।
महागढीमाई नगरपालिकाको वडा ९ पिप्राडीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालयको प्रधानाध्यापक संतोष कुमार ठाकुरले पालिका बिपरित र बिधालयको नियम बिपरित कक्षा ९ को ८ जना छात्रालाई साईकल बितरण गरेकोछ ।बिधालयमा कहिलै पढन नआउने र ५ प्रतिशात पनि बिधालयमा हाजरी नभएको छात्रालाई साईकल बितरण गरेको हो साईकल प्राप्त गरेका दुई जना छात्राको बिधालयमा नाम नै रहेको छैन ।भने केही बिद्यार्थीले अन्य ठाउँमा नाम लेखाएर पठन पाठन गर्दै आएका जस्ता बिद्यार्थीलाई साईकल बितरण गरेको महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ ।त्यस्तो खाले छात्रालाई प्रधानाध्यापक ठाकुरले अभिभावकको आर्थिक प्रलोभनमा परेर साईकल बितरण गर्दा गाउँको भलभलादमी समाज सेबीले बिरोध गरेपछि साईकल बितरण हिजो देखि बन्द भएकोछ ।नगरप्रमुख यादवले शिक्षक र बिद्यार्थीको हाजरी चेक जांचको लागि हाजरी रजिस्टार नगरपालिका कार्यालयमा ल्याएकोछ ।
त्यस्तै प्रधानाध्यापक ठाकुरले बिधालय ब्यवस्थापन समिति र स्थानीय नगरपालिकाको बिपरित शिक्षक नियूक्ती गरेकोछ । शिक्षक नियूक्ती गर्दा स्थानीय सरकार र बिधालय ब्यवस्थापन समितिको जनकारी बिना प्रधानाध्यापक ठाकुरले शिक्षक नियूक्ती गरेको नगरप्रमुख यादवले जनकारी गराएका छ्न ।

0 Comments