बारा - मंसिर - पर्सागढी नगरपालिका हरपुरमा पर्सागढी नगरपालिकाको नगर प्रमुख लोकनारायण यादव द्वारा नेपाल सरकार खानेपानी मन्त्री माननीय उमाकान्त चौधरीलाई भब्य स्वागत गरेकोछ ।
पर्सागढी नगरपालिकाका नगर प्रमुख यादवले माननीय मन्त्री चौधरीलाई फुलमालाका साथ भव्य रुपमा स्वागत गरेको हो ।सर्बसधारण ,कार्यकता र विभिन्न राजनीति दलका नेता कार्यकताले पनि फुलमाला लगाएर मन्त्री चौधरीलाई भब्य स्वागत गरेको थियो ।मन्त्री चौधरीले आफ्नो कार्यकालमा जनताको हक हितको लागि राम्रो काम गर्दै आएको र उनको पार्टीमा बलियो पहिचान भएको हुनाले नेपाली कांग्रेसबाट पटक पटक मन्त्री बन्न उनले सफल भएको हुन ।तराई मधेसका जिल्ला समतल रहे पनि खाने पानीको समस्या रहेको हुनाले तराईका सम्पूर्ण जिल्ला अनुगमन गरिरहेको मन्त्री चौधरीले बताउनु भयो ।
उहाँले भने तराई मधेसका जनता अशिक्षित र पैसाको अभावले दुई सय फिट भन्दा कम गहिराईको पानी खादै आएको हुनाले झडापखाला ,दात पहिलो हुनु वाकवाकी जस्ता समस्या बर्षौं देखि झेल्दै आएको हुनाले आफुले यो समस्या समयमा समधान गर्ने आफ्नो प्रतिबद्धता रहेको बताउनु भएको थियो ।देशको हरेक जिल्लामा घर घरमा स्वच्छ पानी पुर्याउने र सरकारको लक्ष्य रहेको जानकारी गराउनु भएको थियो ।
स्वागत कार्यक्रममा पालिकाका उपप्रमुख अर्चना चौधरी, वडा अध्यक्षहरु, समाजसेवी, राजनैतिक कर्मी लगायत बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

0 Comments