बारा - ३० कार्तिक -श्रीकान्त गुप्ता - बारा क्षेत्र नं २ मा नेपाली कांग्रेसको चौधो महाअधिबेशनमा महागढीमाई नगरपालिकाको वडा नं.१ को नयाँ कार्यसमिति पदमा विभिन्न पदाधिकारीहरुलाई सर्बसहमतिबाट चयन गरेकोछ ।वडा नं १ को सभापति पदमा झब्बु साह कानुलाई सर्बसहमतिबाट चयन गरेको हो। साह कानुको तर्फबाट दिएका सम्पूर्ण उमेदवार वडा कार्यसमितिमा र क्षेत्रीय कार्यसमितिमा चयन भएकोछ ।
साहले यो भन्दा अगाडी नेपाली कांग्रेसको १३ महा अनधिबेशनमा वडा नं १ को सभापतिमा मनोनीत भएको थियो । उनको कार्यकालमा २०७४ को चुनामा नेपाली कांग्रेसको वडा नं १ वडा अध्यक्ष पदमा सुदामा साह कानुलाई उमेदवार बनाएको थिए ।उनलाई वडा अध्यक्ष पदमा तनमनले बिजय हासिल गराउनु भएको थियो । जसको अनुसार आज वडा नं १ मा अन्य पार्टी भन्दा नेपाली कांग्रेसको बहुमत र जनमत बढी रहेकोछ ।
वडा नं १ का सभापति साहले लोकतान्त्रिक बिचार धाराका हुन जसका कारण उनले आज वडा नं १ को जनतामा लोकप्रिय बन्दै गएको हुन ।उनले नेपाली कांग्रेस पार्टीमा बाल्यकाल देखि लागेको थियो ।पार्टीलाई अगाडि बढाउनको लागि उनले अहोरात्र एक गरी पार्टी भित्री एक एक ब्यक्तिलाई जोडेर आफुलाई नेपाली काग्रेसमा एउटा पिलरको रुप पहिचान बनाउनु भएको महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवले जनकारी गराएकोछ ।

0 Comments