बारा -७ -मंसिर- श्रीकान्त गुप्ता - वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्गको निर्माण कार्यमा निर्माण कम्पनीले ढिलाइ गर्दा सर्वसाधारणहरुलाई सास्ती ओहर दोहर गर्न सास्ती खेप्नु परेको छ।

निर्माण कम्पनीले समयमै काम पुरा गर्न नसक्दा जितपुर सिमरा क्षेत्रका स्थानीयहरु सवारी जाम र धुलोको कारणले सास्ती खेप्नु परेको हो। धुलोका कारण लामो समय सम्म आजित बनेका छ्न । सडकमा परेका भौतिक संरचना स्थानीयहरुले खाली गरे पनि ठेकेदार र व्यापारिक मार्ग विस्तार योजना वीरगन्ज पथलैया, सडक कार्यालयकाको लापरवाहीले धुलो र सवारी जामले सास्ती खेप्नु परेको सर्बसधारणले गुनासो गरेका छन ।

ठेकेदारले काममा ढिलाइ गरि रहँदा त्यसलाई कारबाही गर्नुको साटो चार चार पटक म्याद थप्नुले समयमै सडक निर्माण हुन सकेका छैन । सडक कच्ची रहन गाएकोले सडकमा सवारी चल्दा त्यसको धुलोबाट स्थानीयहरु आजित भएर सडक निर्माण गराउनको लागि बिभिन्न चरणको आन्दोलन गरे पनि प्रभाव परेन ।बिरगंज पथलैया सडक खण्डमा ठाउँ ,ठाउँमा खाल्टो र खाल्टोमा पानी जमेको कारण सडकमा सवारी चलाउदा बढी दुर्घटनाको जोखिम मोडेर सवारी चलाउन बाध्य भएकोछ सवारी चालकले बताउछ। उनको अनुसार अधुरो सडक निर्माणले धुलो र धुवाको कारणले,अटोरिक्सामा यात्रीहरु बस्न ओहर दोहर नगर्दा ब्यवसायी नै धर्तालमा परेकोछ । चालकले बताउछ ।

गएको आर्थिक वर्ष २०७२/७३ असार २८ गते गरेको समझौतामा दुई वर्षभित्र वीरगन्ज–पथलैया ६ लेनको व्याापारिक मार्ग सडक निर्माण गर्ने जिम्मा लिएको थियो ।तर निर्माण कम्पनी र ठिकदारले गरेको लापरवाहीले सर्बसधारण र सवारी चालकलाई आउन जान समस्या भएको बिरगंज पथलैया योजना कार्यालय पथलैयाले जनाएको छ।