बारा - २० - असोज कलैया उपमहानगरपालिका वडा नं १७ मा रहेका महाबिर निम्न माध्यमिक बिधालयमा पुस्तकालय उद्घाटन तथा पुरस्कार बितरण कार्यक्रम गरिएकोछ । सो कार्यक्रमको उद्घाटन कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवको कमल कोर हाथबाट पुजापाठ गरी पुस्तकालयको शुभाआरम्भ भएकोछ ।
शिक्षा क्षेत्रलाई अगाडि बढाउन कलैया उपमहानगरपालिकाले कुनै कसर नछोडेको र नगरभित्री रहेका सम्पूर्ण बिधालयको शैक्षिक क्षेत्र लिएर भौतिक क्षेत्रमा राम्रो बिकास भएको कलैया उपमहानगरपालिका नगरप्रमुख राजेश राय यादवले बताउनु भएकोछ ।
यस बिधालयमा नगरपालिकाको आर्थिक सहयोगमा भौतिक निर्माणका कार्य थुपरै भएका छ्न । नयाँ दुई तल्ले भवन देखि लिएर कम्पाउन्ड सम्म नगरपालिकाको सहयोगमा निर्माण भएका छ्न ।भने यस महाबिर बिधालयमा कम्पयूटरको कक्षा र पुस्तकालय पनि संचालन गरिएको नगरप्रमुख यादवले बताउनु भएकोछ ।

पुस्तकालय तथा पुरस्कार कार्यक्रममा यस बिधालयका प्रथम दोस्रो तेस्रो अंक प्राप्त गरेका बिद्यार्थीलाई र बिधालयको विभिन्न खेल कुदमा प्रथम दोस्रो र तेस्रो बिद्यार्थीलाई नगरप्रमुखले आफ्नो हाथबाट पुरस्कृत गरेका छ्न । नगर प्रमुखले बडा दशौं तिहार दिपावली तथा छठ पर्बको शुभकामना ब्यक्ति गर्दै बिधालयको उन्नति र प्रगतिमा कामना गरेका छ्न ।
कार्यक्रममा कलैया उपमहानगरपालिका वडा १७ का वडा अध्यक्ष सुगन्ध प्रसाद कोइरी ,प्रधानाध्यापक रमेश कुशवाहा ,पहलाद बर्णबाल , समाज सेबी , अभिभावक , यूवा नेता दिपेन्द्र , नाजिर हुसेन ,अनिल मन्डल , बिद्यार्थी , पत्रकार साजीर मन्सुर , लगाएत उपस्तिथि रहेको थियो ।