बारा -११ असोज- श्रीकान्त गुप्ता- महागढीमाई नगरपालिका वडा नं २ बरियारपुर बजारमा हिजो राती आगलागी हुँदा दुई वटा पसल र एउटा केबल कार्यालय जलेर नष्ट भएकोछ ।तार सर्किट भएको आगलागीमा ६ लाख भन्दा बढीको मालसामान जलेर नष्ट भएकोछ ।
महागढीमाई नगरपालिका वडा नं २ मा रहेको श्री गढीमाई केबल कार्यालयमा भएका एक थान पल्सर मोटरसाइकल , दुई सय पचास वटा सेटप बक्स , एक थान टिभी , दुई थान पंखा , एक थान ल्यापटप , एक थान सावन बकस ,जम्मा गरि ४ लाख भन्दा बढीको मालसमान जलेर नस्ट भएको श्री गढीमाई केबलका प्रोप्राईटर उपेन्द्र गुप्ताले जनकारी गराएका छ्न ।
त्यस्तै सागर मोबाइल पसलमा २० हजारको मोबाइल , ५० हजारको एक थान ल्यापटप , ३० हजारको बुफर , ७० हजारको दुई थान इन्भटर , र नगद ५ हजार गरि एक लाख पचहत्तर हजार सम्पत्ति नस्ट भएको जिल्ला प्रहारी कार्यालय उपनिरिक्षक गौतम मिश्राले जनकारी गराएका छ्न ।

त्यसरी , जितेन्द्र कुशवाहाको टि भी पसलमा पंखा २० हजारको , टिभी ७ थान ३५ हजारको एल इडी २० हजार को २ थान , र २० हजारको एल सीडी गरि ९५ हजारको समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जनकारी गराएका छ्न ।