बारा -३ - असोज - प्रदेश नं २ सरकारले शुद्ध खानेपानीको अभियान चलाई घर घरमा शुद्ध पानी पुर्याउने लक्ष्य लिएको प्रदेश नं २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले बताएका छ्न
कलैया उपमानगरपालिका वडा न २० बस्तपुरमा नव निर्मित पानी ट्यान्की योजनाको उद्घाटन गर्दै शर्माले घर घरमा शुद्ध पानी पुर्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छ्न ।मधेशमा अहिले ८० देखि १५० फिटमा गाडीएको हैन्ड पाइपको पानी पिउने चलन रहदै आएको छ। कम गहिराईबाट आएको पानीले स्वास्थमा विभिन्न किसिमको रोग लाग्न सक्ने मन्चमा मन्त्रीले बताएकाछ्न खानेपानी योजनाले करिब ४ सय फिट गाडेर यो क्षेत्रमा पानी पुर्याउने लिएको लक्ष्य लिएको समाजको लागि सराहनीय रहेको बताउदै यस क्षेत्रामा एउटा पानी ट्यान्कीबाट अपुग भए अर्को खानेपानी योजना ल्याउने मन्त्री शर्माले आफ्नो प्रतिबध्ता जनाएकोछ ।त्यस्तै बस्तपुर क्षेत्रका स्थानीयहरुलाई खानेपानीको लागि धारा जडान गर्न र समयमा बिल भुप्तानी गर्न स्थानीयहरुलाई मन्त्री शर्माले आग्रह गर्नु भयो

सिमापर्बित बस्तपुर क्षेत्रलाई अगाडि बढाउनको लागि यस क्षेत्रका १८५ घर धुरी जनताको स्वास्थलाई ध्यानमा राखेर यहाँ खानेपानी आयोजना ल्याएको कलैया उपमहानगरपालिका नगरप्रमुख राजेश राय यादवले बताएकोछ। सरकारको लगानीबाट निर्माण गरिएको खानेपानी सबैको उपयोग गर्न हक अधिकार रहेकोछ ।विभिन्न रोगबाट बन्चित रहन स्वास्थको जीवन यापनको लागि पानी ट्यान्कीको पानी खानु जरुरेको नगरप्रमुख यादवले बताउनु भएकोछ । छ ।

शुद्ध खानेपानी पानी ट्यान्की असी लाख चौरासी हजार नौ सय चौहत रुपैया निर्माण गरिएकोछ । जस मधे यूनिसेफले एक्सठी लाख बीस हजार चार सय चार पैसा कलैया उपमहानगरपालिकाले ११ लाख अठहतरी हजार चार सय सहयोग गरेको छ । त्यस्तै समुदायले सात लाख पचिस हजार छ्व सय एकावन रुपैया सहयोग गरेकाछ्न।