बारा - ८ - भदौ - श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिका वडा २ भुतही खोल्ला नजिक सर्बजनिक जग्गामा महागढीमाई नगरपालिकाले आफ्नो निजी भवन निर्माण गर्नको लागि आज शिलान्यास गरेकोछ ।
महागढीमाई नगरपालिका वडा नं १ मा भएको गढीमाई मंन्दिरबाट एक किलो मिटर दक्षिण जोरलाहीमाई मंन्दिर नजिक र हुलाकी राजमार्ग भन्दा ३००मिटर उतर २३ कठा भन्दा बढी जग्गामा महागढीमाई नगरपालिकाको भवन निर्माण हुन लागेकोछ। सो जग्गामा महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले पुजापाठ गरी तीन तल्लो भवन निर्माणको लागि शिलान्यास गरिएको छ।त्यस जग्गाको वरीपरी एक हजार बिग्गा भन्दा बढी खेती योग्य जग्गा रहेकोछ ।त्यस जग्गामा स्थानीयहरुले खेती पाती गर्दै आएकोछ ।सो जग्गामा नयाँ बस्ती बसाउने र नयाँ शहर बनाउने उदेश्यले महागढीमाई नगरपालिका कार्यालयको भवन सो जग्गामा निर्माण हुन लागेको नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ ।नगर प्रमुख यादवले भने पुरानो बस्तीहरुमा जग्गा अभावको कारण कति स्थानीयहरु जग्गा बिबादमा फसेका छ्न ।गाउँ घरको झ्ग्डा सुल्झाउन र यस क्षेत्रलाई एउटा नयाँ शहरको रुपमा बिकास गर्नको लागि भुतही खोल्ला नजिक नगरपालिका भवनको निर्माण हुन लागेकोछ । साढे तीन करोडमा निर्माण भइरहेको नगरपालिका कार्यालय भवन १४ महिना भित्रमा सम्पन्न हुने नगरप्रमुख यादव बताउनु भएकोछ ।

त्यस्तै महागढीमाईमा नगरपालिकामा नगर अस्पतालको अभावमा स्थानीयहरुले समस्या झेल्दै आएको छ ।चेक जाँच गराउन कलैया सदरमुकाम सम्म जानू पर्ने बाध्य रहेकोछ ।तर नगर अस्पतालको लागि पार्याप्त मात्रमा जग्गा उपलब्ध भएको हुनाले महागढीमाई नगरपालिकाले आगमी आर्थिक बर्षमा बजेट बिनियोजित गरि नगर अस्पतालको शिलान्यास गर्ने महागढीमाई नगरपालिकाको स्वास्थ शाखाका निरिक्षक अजय चौरसीयाले बताउनु भएकोछ ।

महागढीमाई नगरपालिका अन्तर रहेको सबै वडाको नजिक हुने गरि यस जग्गामा महागढीमाई नगरपालिकाको भवन निर्माण हुन लागेकोछ । महागढीमाई नगरपालिका भवन निर्माण हुन लागेको र नगर अस्पताल निर्माण हुने कुरा सुनेर यस क्षेत्रमा रहेको जग्गाको मुल्यमा वृद्धि भएको छ । पहिला भन्दा काठ्ठामा ५ देखि १० लाख सम्म जग्गाको मुल्यमा वृद्धि भएको छ ।यस क्षेत्रमा नगरपालिका भवन निर्माण हुनलाग्दा ३० हजार भन्दा बढी स्थानीयहरु लभदायीक हुने रामजन यादवले बताउनु भएकोछ ।

महागढीमाई नगरपालिका भवन निर्माणले प्रतिपक्षी दलका अधिकांश नेता र कार्यकार्ताले असन्तुष्टि भएपनि नगरपालिकाको लागि जग्गा उपयोक्त रहेको जनकारी गराएको छ । कार्यक्रममा महागढीमाई नगरपालिकाको सम्पूर्ण वडा अध्यक्ष ,समाज सेबी ,प्रहरी प्रशासन ,क्रमचारी, सर्बसधारण लगाएत उपस्थित रहेको थियो ।