बारा -११- सावन - बारागढी गाउँपालिकाको वडा न ५ पथरा टोलमा भएको नेपाल राष्ट्रिय आधारभुत बिधालयको नव निर्मित भवनको शियान्यास गरि गरिएकोछ ।
बारागढी गाउँपालिका वडा न ५ अवस्थित श्री नेपाल राष्ट्रिय अधारभत बिधालयको चार कोठा नवनिर्मित भवनको शिलयान्यास बारागढी गाउँपालिका अध्यक्ष देवदत बछार थारुले गर्नु भएकोछ। बारागढी गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर बिकाश गर्दै आएकोछ । शैक्षिक बिकासका लागि गाउँपालिकाले सधै लागि परेको कार्यक्रममा अध्यक्ष देवदत बछार थारुले बताउनु भएकोछ ।
त्यस्तै बारागढी स्थापन हुनु भन्दा अगाडि श्री नेपाल राष्ट्रिय अधारभुत बिधालयमा कक्षा कोठा र भौतिक बिकासको अभावमा विद्यार्थीहरु फिल्डमा पढन बाध्य थियो ।कक्षा कोठा भवनको अभावमा आफुले यसै बिधालयको भिल्डमा पढेर नेपाल सरकारको क्रमचारी बनेको बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले कार्यक्रममा बताउनु भएकोछ ।उहाँले भने यसै बिधालयबाट क लेख्न सिकेको हुनाले यस बिधालयमा आउँदा आफुलाई स्वर्गमा आएको जस्तो महसुस हुन्छ । यस बिधालय प्रती माया ममता कम भएको छैन । कक्षा कोठाको अभावमा बर्षाको समयमा बिधालय महिनौ दिन सम्म बन्द रहने गर्थे । कति बिद्यार्थी साथीले आर्थिक समस्य र बिधालयको समस्याका कारण पढाई छाडेको थियो । कति बिद्यार्थीले समस्या झेलेर पनि पढाइमा निरन्तरता दिएकोले उहाँहरु नेपाल सरकारको विभिन्न पद सम्म पुगेका छ्न । गाउँमा शिक्षाको महत्त्व बुझने बुधिजिबिले गाउँमा बिधालय स्थापना गर्नु भयो।बिधालय स्थापना भएपछि शिक्षाको महत्व नबुझने मान्छेले ने. रा. आधारमाभुत बिधालयको झुपडी उखालेर फ्याकने गर्थे तर त्यो समय गयो।अब गाउँको बिकासको लागि शिक्षा क्षेत्रलाई बढाउनमा सहयोग गर्नुको अर्थ मृत्युको अंन्तिम चरणमा भएको ब्यक्तिसंगको भेटघाटको अर्थ हो ।मानिसको मृत्यु भएपछि भेटिने छैन । त्यस्तै ब्यवस्थित गर्ने समय र शिक्षा आर्जन गर्ने समय गयो भने फेरि आउने छैन । त्यसैले समयको पहिचान गरि समयमा शिक्षा क्षेत्र बिकासमा सहयोग गर्नु सबै गाउँबासिमा प्रमुख प्रशासकीय अधिकृत चौधरीले अनुरोध गर्नु भयो ।

कार्यक्रममा बारागढी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबी , राय , प्रधान अध्यापक , समाजसेबी लगाएत उपस्थित रहेको थियो ।