अषाढ - २९ - नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषदको बैठक बसेको छ । सपथ लिएर पदभार गरे लगतै मन्त्रीपरिषदको बैठक बसेको हो ।
बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि हाल सम्म भएका खर्चको विवरण सार्वजनिक गर्ने, कोरोना रोकथाम तथा नियन्त्रणको लागि विशेस सल्लाहकार नियुक्त गर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई १ साता भित्र जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई राहत दिन १ महिना भित्र विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । सरकारी निकायमा हुने नियुक्तिको लागि योग्यतामा आधारित कार्यविधि ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले परिवर्तित सन्दर्भमा मन्त्रीपरिषद र मन्त्रीपरिषदका विभिन्न समितिहरुमा प्रक्रियामा रहेका र प्रक्रियामा नल्याईएका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालय मै फिर्ता गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । अर्को ब्यबस्था नहुँदा सम्म कार्कीले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।


0 Comments