एजेन्सी । भारतीय धार्मिक सो रामायण आज पनि उत्तिकै चर्चित रहेको छ । सन् १९९० को दशकमा देखाइएको उक्त धार्मिट टेलिभिजन सोले धेरै दर्शकहरुको मन जित्न सफलएजेन्सी । कोरोना महामारीकाबीच निकै चर्चामा रहेको सो हो रामायण । सन् १९९० को दशकमा देखाइएको उक्त धार्मिट टेलिभिजन सोले धेरै दर्शकहरुको मन जित्न सफल भएको थियो ।
राम, सीता लक्ष्मण, हनुमान, रावण लगायत विभिन्न कलाकारहरुलाई आज पनि उत्तिकै सम्मानका गरिन्छ । उनीहरुलाई कतिपय मानिसहरुले त भगवान् नै बनाएका थिए । उनीहरुलाई पुजा गर्ने मानिसहरुको भारतमा कमी छैन । उक्त सोका लागि यी कलाकारहरुले पनि बलियो रकम लिएका थिए ।
रामको अभिनय गरेका अरुण गोविलले ४० लाख भारु लिएका थिए । त्यस्तै लक्ष्मणको अभिनय गरेका सुनिल लेहरीले १५ देखि १८ लाखसम्म लिएको बताइएको छ ।
त्यस्तै हनुमानको भुमिकामा देखिएका दारा सिंहले ३५ लाख लिएका थिए । रावणको भुमिकामा देखिएका अरुण त्रिवेदीले लिएका थिए २० लाख रुपैयाँ । सीताको भुमिकामा देखिएकी दीपिका चिखालियाले २० लाख रुपैयाँ लिएकी थिइन् ।
0 Comments