बारा -११ असार - आदर्श कोतवाल गाउँपालिकाले सातौं गाउँ सभामा आर्थिक बर्ष ०७८/०७९ को लागि ४३ करोड भन्दा बढी बजेट सर्बजनिक गरेकोछ । चालु आर्थिक बर्षको लागि ४३ करोड ७० लाख २६ हजार ३ सय ५ रुपैया गाउँ सभा कार्यक्रममा बजेट प्रस्तुत गरेकोछ ।
गाउँ सभाबाट बितिय समानिकरण अनुदान १० करोड ७१ लाख, राजस्व बाडफाड ६ करोड ८८ लाख, सशर्त तर्फ १४ करोड ६२ लाख, विषेष अनुदान ५० लाख सम्पुरक अनुदान ३ करोड ४२ लाख, प्रदेश तर्फबाट बित्तिय समानीकरण ७१ लाख ८६ हजार, विषेश अनुदान ३० लाख , सम्पुरक अनुदान २० लाख , राज्श्व बाँडफाँड तर्फ २५ लाख ४० हजार ३ सय ५ रुपैया , आन्तरिक स्रोतबाट ६ करोड १० लाख गरि आर्थिक बर्ष ०७८/०७९ को लागि ४३ करोड ७० लाख २६ हजार ३ सय ५ रुपैया गाँउपालिकाको उपाध्यक्ष पुनम देबिले प्रस्तुत गर्नुभएकी थिईन ।

आदर्श कोतवाल गाउँपालिकाले आर्थिक बर्ष ०७८/ ०७९ को लागि जनतामा लोक प्रिय बजेट प्रस्तुत भएको सभामा आर्दश कोतवाल गाउँपालिकाको अध्यक्ष मुस्तुफा अंसारी बताउनु भएकोछ ।गाउँ सभामा शिक्षा , स्वास्थ , कृषि ,र पर्यटन क्षेत्रलाई बढी प्राथमिकतामा राखेका छन भने त्यस्तै , यूवाहरुको लागि खेलकुद , बाताबरण संरक्षण , साना तथा ठुला उधोग स्थापना,खानेपानी , र समाजिक बिकृतीलाई अन्त्य गर्ने बताएका छ्न अन्य क्षेत्रलाई प्राथमिकतामा राखेर बिकाश गर्न सभा अध्यक्ष अंसारीले बताउनु भयो ।
कार्यक्रममा गाँउपालिकाको कार्यकारी अधिकृत प्रमोद साहले आर्थिक बर्ष ०७८ / ०७९ को बजेटबाट गाउँपालिका क्षेत्रको मुहान फेर्ने बताउनु भयो ।कोरोनाको समयमा क्रमचारीले आफ्नो ज्यान प्रवाह नगरी आन्तरिक रुपले कार्यालय संचालन हुदै आएकोछ ।कार्यालयमा सेवा ग्राहकलाई छिटो छरितो सेवा दिदै आएको गाउँ सभा कार्यक्रममा बताउदै स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य, सम्पूर्ण वडा अध्यक्ष, क्रमचारी लगाएत उपस्थित रहेको थियो ।