बारा - ७ असार- सिम्रौनगढ नगरपालिकाको पाँचौ नगरसभामा ३२ करोड ३ लाख ५८ हजार अनुमानित बजेट नगरपालिकाले प्रस्तुत गरेकोछ ।सोमबार सम्पन्न भएको नगरसभा कार्यक्रमको उद्घाटन नगरप्रमुख बिजयशंकर यादवले पन्शामा बती बाली नगर सभा कार्यक्रमको उदघाटन गरेको थियो ।
नगर सभा कार्यक्रमको उद्घाटन गरिदै आर्थिक बर्ष २०७८/०७९ को अनुमानित बजेट ३२ करोड ३ लाख ५८ हजार अनुमानित बजेट सिमरौनगढ नगरपालिकाका नगरप्रमुख बिजय शंकर यादवले प्रस्तुत गर्नु भयो बितिय समानिकरण अनुदान १४ करोड ७३ लाख, राजस्व बाडफाड ८ करोड ९४ लाख , ५८ हजार, आर्थिक स्रोत २ करोड ६१ लाख, प्रदेश तर्फबाट ७५ लाख, अन्य प्रस्ताविक आय ५ करोड गरी ३२ करोड ३ लाख ५८ हजार बजेट प्रस्तुत गरेको थियो ।
नगर सभा कार्यक्रममा बिकासका लागि आफु कुनै कसर बाकी रहन नदिन नगर प्रमुख यादवले प्रतिबद्धता गर्नु भयो ।सिमरौनगढ नगरपालिकालाई देशको नमुना नगरपालिकाको रुपमा बिकास गर्नका लक्ष्य रहेको बताउनु भयो । उहाँ भने एतिहासिक, पुरातात्वीक, एवम धार्मिक महत्व बोकेको यस नगरीको बिकासका लागि सिम्रौनगढ नगरपालिकाले वृहत बिकासको योजना ल्याएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, बिधुत, पुल , कलर्भट, बाटो निर्माण, ढलान, वृक्षारोपन लगायत बिकाशलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएकोछ ।
नगर सभा कार्यक्रममा नगरपालिकाका उपमेयर रिमादेवी कुशवाहा, निमित कार्यकारी अधिकृत बिरेन्द्र प्रसाद साह, योजना अधिकृत जितेन्द्र यादव, लेखाअधिकृत सर्मेन्द्र कुमार चौधरी, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

0 Comments