बारा -२९ - जेष्ठ - नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले मन्त्रालयमा पद बहाली गरेकी छन् । मन्त्रालय एवम् मन्त्रालय सम्बद्ध निकाय प्रमुखहरुको उपस्थितिमा पद बहाली गरिएको थियो ।
पद ग्रहन गरेकाे दिनमा मन्त्रालयमा बिर्फिङ हुदा पहिलाे एजेन्डा नै साेयल हेल्थ कार्ड माटाे परिक्षण गरेपछि हरेक किसानलाई दिने ब्यवस्था नेपाल सरकारकाे तर्फबाट गर्नुपर्ने उनले जानकारी दिनुभयो । दाेस्राे फसल बिमा याेजना भनेकाे आपत बिपत पर्दा जस्ताे बाढीले बाली छति बनाउदा या करेन्ट लागेर गहु धान मकै जल्दा छिटाे बिमा याेजना नेपाल सरकारकाे तर्फबाट ब्यवस्था गर्नुपर्ने उनले बताए ।

किनकि कुन मल कुन माटाेमा लाग्छ त्याे अनुसार परिक्षण गरेर कार्ड दियाे भने राम्राे हुन्छ किसानकाे हकहितमा राम्रो हुने उनले बताए । पदभार ग्रहण एवं स्वागत समारोहलाई सम्बोधन गर्दै साहले मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निभाउन सबैको सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहने विचार व्यक्त गरिन ।