बारा - २५ - बैशाख बाराको महागढीमाई नगरपालिकाले आज देखि २० बेडको आइसोलेसन संचालनमा ल्याएको छ।

महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा २० बेडको आइसोलेसन संचालनमा ल्याइएको हो ।संचालन भएको आइसोलेसन वार्डको प्रतेक बैडमा अक्सिजन र सम्पूर्ण सेवा सुबिधा सहित आइसोलेसन संचालनमा आएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले जनकारी गराएका छ्न ।आइसोलेसन सेन्टरमा आठ जना स्वास्थ्यकर्मी, दुई जना स्विपर, दुई जना कार्यालय सहयोगी, दुई जना नगर प्रहरी र दुई जना सहयोगी कर्मचारीहरू रहेका छन् ।


नगरपालिकाले जेष्ठ १ गते देखि नगर भित्रमा टाईफाईड , रुखाखोकी , ज्वरो लागेको ब्यक्तिहरुको लागि १३ वटै स्वास्थ केन्द्र बाट नि: शुल्क चेकजाँच ,उपचार र औषधि बितरण साथै टाईफाईड चेकजाँचको लागि ल्याब सेवा निशुल्क सुचारुको साथै नि: शुल्क एमबुलेन्स संचालन हुदै आएको उहाँले जानकारी दिए ।