बारा -२७ बैशाख - श्रीकान्त गुप्ता - कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनहुदिन बढ्ने क्रम जारी रहेको बेला बारा पर्सा लगाएत र अन्य जिल्लामा दैनिक उपभोग्य खाद्यान्न बस्तुको मूल्य अकासिएको छ।
सरकारले कोभिड-१९ को संक्रमण रोक्न र फैलिन नदिन लकडाउन वा निषेधाज्ञा जारी गर्ने भन्दै व्यापारीहरू खाद्यान्नसहित अन्य दैनिक उपभोगय बस्तुको मूल्य बढाएको हो।जिल्लामा कोरोना संक्रमितको संख्यामा दिन दिन्हु वृद्धि हुँदै गएकोले जिल्लामा लकडाउन निषेधाज्ञा पुन लाग्ने सुनेर अत्यावश्यक खाद्य सामग्रीको मूल्यमा वृद्धि गरिएको हो ।दैनिक उपभोग्य बस्तुको मुल्यमा वृद्धि हुँदा सर्बसधारणलाई समान खरिद गर्न समस्या भएकोछ । कोरोना भाइरस दोस्रो चरणमा बिक्राल रुपम लिएपछि छिमेकी जिल्ला पर्सामा निषेधाज्ञा लागेपछि पसल संचालक खाद्यवस्तुको मूल्य वृद्धि गरेपछि दैनिक ज्यालादारी गरेर खाने सर्बसधारणलाई समस्या भएकोछ ।
होलसेल तथा खुद्रा पसल संचालकले दैनिक उपभोग्य हुने खाधान्य बस्तुमा मूल्य बढाएर बिक्री गर्दा सर्बसधारण उपभोक्ताहरुले मर्का परेका छ्न । बारामा बजार अनुगमन समिति निश्कृय भएको हुनाले होलसेल तथा खुद्रा पसल संचालकले खाद्यवस्तुमा मूल्यवृद्धि गरेर बिक्री गरिरहेका छ्न ।
एक पसल सञ्चालकका अनुसार मुसुरोको दाल १५ दिन अगाडि १ सय रुपैयाँमा पाइरहेकोमा लकडाउनको हल्लाले १ सय १५ देखि २० सम्ममा दिने गरेको छ। त्यस्तै खाने तेल १ हजार ६ सयमा किन्ने गरेका तेल अहिले निषेधाज्ञामा व्यापारीहरूले २ हजार २ सयमा किन्ने गरेको बताएका छन्। सन् फ्लावर खानेतेलसमेत मूल्यवृद्धि गरेर होलसेलरहरूले खुद्रा व्यापारीहरूलाई १ हजार ८ सय मा दिने गरेता पनि अहिले २ हजार ४ सय ५० मा दिने गरेका छन्।खुद्रा व्यापारीका अनुसार लकडाउनको हल्ला भएपश्चात होलसेलले दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ तथा सन्फ्लावर तेल प्रतिकार्टुन १ सयदेखि २ सय ५० रुपैयाँ, र चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्यवृद्धि गरेका छन्। होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा विक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीको भनाइ छ। ढुवानी तथा लोड अनलोड गर्ने मजदुरको अभाव देखाउँदै होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा विक्रेताको अजय साहको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयमा भएको बजार अनुगमन समिती निशकृय भएको हुनाले उपभोक्ताहरु दैनिक उपभोग्य हुने खाद्यवस्तु महगो किन्न बाध्य भएका छ्न ।
0 Comments