बारा - जेष्ठ ०२- अजय साह - बिरगंजका समाजसेबि एवं मिनाबजार व्यवस्थापन समितिका सस्थापक अध्यक्ष मंगल साह कानुको मृत्यु भएको छ । बिरगंज मिना बजारका सबभन्दा पुराना ब्यापारी तथा समाज सेवी मंगल साह कानु ९६ वर्ष को उमेरमा आज मृत्यु भएको छ। धेरै दिन देखि वहाँको अवस्था एकदम जटिल रहेको उहाँको नाति राहुल गुप्ताले जानकारी गराउनु भएको छ।
मंगल साह कानु बिरगंज मिना बजार ब्यवस्थापन समितिमा २०५८ साल देखि २०७८ साल सम्म मिना बजारमा आफ्नो अतुल्य योगदान गरिरहेका थिए। उहाँ मिना बजारको ब्यवस्थापन समितिको पुर्ब अध्यक्ष रहि आफ्ना सेवा र योगदानको सधै स्मरण रहने उहाँका छोरा नन्दु साह ले दुखीत हुँदै बताउनु भयो। मंगल साह कानु बिरगंज महानगर पालिका वडा न. १० निवासी हुनु हुन्छ ।उहाँ विभिन्न संघ सस्थामा आवद्ध रहि सम्मानित पनि हुनु भएका थिए।गाउँ घरमा पनि उहाँ ले दुख शुखमा सबै लाई सहयोग गर्दै आएका थिए। कानु समाजका अग्रज रहेका वहाँ उनको मृत्युले कानु समाजले पनि गहिरो दुख ब्य्क्त गरेका थिए ।

0 Comments