बारा - बाराको देवताल गाउँकार्यपालिका कार्यालयको नयाँ भवनमा ग्रह प्रबेश गरेकोछ ।देवताल गाउँपालिका पिप्राढीगोढमा सात कठ्ठा जग्गामा निर्माण भएको भवनमा गाउँपालिका अध्यक्ष चन्दन सिंहले रिबन काटेर उदघाटन गरेको हो ।
एक करोड भन्दा बढी को लागतमा बनेको नव निर्मित गाउँपालिकाको भवनमा अध्यक्ष , उपा-अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृतको कार्य कक्ष लगायत बिभिन्न शाखा सहित सभा हल पनि निर्माण गरिएको गाउँपालिका का अध्यक्ष सिंहले बताउनु भएकोछ ।

उद्घाटन कार्यक्रममा बारा का प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल , बारा का प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही,गाँउपालिका कि उपाध्यक्ष रामपति देबि महतो, गाउँपालिकाको वडा अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु , कार्यालयका कर्मचारी , समाजका अगुवा तथा बुद्धिजिवी , भद्रभलादमी सहित विभिन्न सन्चार माध्यम बाट आवद्ध सन्चारकर्मी को उपस्थिति रहेको थियो।