बारा - २५ माघ - साजीर मंसुर - बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई जना लाई पक्राउ गरेको छ ।जिल्ला को फेटा गाउँपालिका वडा न ५ जोतपुर स्थित बिआर ०५ वाइ ६५१७ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जना नेपाल आउँदै गरेका लाई प्रहरी ले चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाही ले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बारा मा प्रहरी उपरीक्षक ,प्रहरी नायब उपरीक्षक सहित प्रहरी अधिकारीहरुको उपस्तिथिमा आइतबार आयोजित पत्रकार सम्मेलन मा सो जानकारी दिनु भएको हो ।बरामद गरिएको रकम मध्ये १ हजार दरको १ हजार २ सय २३ थान, ५ सय दरको ५ हजार ७ सय ४ थान, १ सय दरको १२ सय थान र ५० दरको १ सय थान गरी ४९ लाख रुपैया रहेकोे छ ।

0 Comments