बारा - १२ - फागुन -श्रीकान्त कु. गुप्ता - बिश्रामपुर गाउँपालिकामा एक कार्यक्रम गरि जेष्ठ नागरिकलाई कम्बल र दोसल्ला ओढाएर सम्मान गरेकोछ ।
बिश्रमपुर गाउँकार्यपालिका कार्यालयका प्रमुख अध्यक्ष अमिरीलाल पालले दुई सय भन्दा बढी जेष्ठ नागरिकलाई आफ्नो हाथबाट कम्बल र दोसल्ला ओढाएर सम्मान गरेको हो ।गरिब बिपन्न लगाएत जेष्ठ नागरिकहरुले समय समयमा बिकासको काममा राय सलाह सुझाव र समय समयमा बिकासको कार्यमा सहयोग गर्दै आएको हुनाले उहाँहरुलाई गाउँपालिका वडा नं ३ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरी उहाँहरुलाई सम्मान गरेको बिश्रामपुर गाउँपालिका अध्यक्ष अमिरी पालले बताउनु हुन्छ । गाउँपालिकामा जेष्ठ नागरिकहरुले बताएको अनुसार गाउँपालिकाले बिकास गर्दै आएकोछ । गाउँपालिकाले गरेको बिकासबाट गाउँपालिकाका सम्पूर्ण जनताले खुसी भएका छ्न । पन्चायत काल देखि नाला , सडक , खानेपानी ,लगाएत समस्या झेल्दै गरेको अहिले जनताको पीडा समाप्त भएको अध्यक्ष पालले बताउनु भएकोछ ।
सम्मान कार्यक्रम बुधिजिबी समाज सेबी , पत्रकार स्थानीय भलभलादमी क्रमचारी , वडा अध्यक्ष राजनीति कार्यकर्ता लगाएत उपस्थिति रहेको थियो ।