बारा - १६ - फागुन - श्रीकान्त गुप्ता - श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक बिधालय ब्यवस्थापन समिति अध्यक्ष दिपप्रकाश गुप्ताको अध्यक्षतामा गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक बिधालयको ४० बार्षिक उत्सव समारोह कार्यक्रमको उद्घाटन महागढीमाई नगपालिका नगरप्रमुख उपेन्द्र यादवले पानसमा बती बालेर कार्यक्रमको उद्घाटन गरेकोछ ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा नै ठूलो सम्पतीको हो शिक्षाको महत्त्व बताउदै अभिभावकको दायित्व र बिद्यार्थीलाई पठन पाठन गर्नुको साथै शिक्षालाई ब्यवहारमा उतार्नु नगरप्रमुखले बिद्यार्थीलाई आग्रह गर्नुभएकोछ । नगरभित्री रहेको सम्पूर्ण बिधालायको बिकास गर्नमा नगरपालिकाले कुनै कसर नछोडेको बताउनु भएकोछ । श्री गढीमाई बहुमुखी क्याम्पसको उन्नतिको लागि नगरपालिकाबाट १० ओटा कम्पयूटर हस्तान्तरण गरेको नगरप्रमुख बताउनु भएकोछ ।
बिधालयको ४०औं बार्षिकको अवसरमा बिद्यार्थीलाई शिक्षामा प्रोत्साहन गर्नको लागी प्रथम ,दृतीय ,तृतीय श्रेणीका बिद्यार्थीलाई कापी कमल र अक्षय कोषबाट उत्कृष्ट नम्बर ल्याएका बिद्यार्थीलाई नगद पुरस्कृत गरेकोछ । देशमा महिला हिस्सा, महिला बलात्कार घटना प्रवृत्ति कम गर्न केटीहरुलाई शिक्षा झन जरुरी रहेको उपप्रमुख तारा देबी कानुले कार्यक्रमा पुरस्कार पुरस्कार बितरण गर्दै बताएकिछिन ।
श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक बिधालयमा १८ सय भन्दा बढी बिद्यार्थीहरुले शिक्षा अध्ययण गरिरहेका छ्न । उनीहरुको भबिस्य उज्वल बनाउनको लागि बिधालयले विभिन्न शैक्षिक कृयाकलाप , शैक्षिक कार्यक्रम, खेलखुद कृयाकलाप गर्दै र बिधालयलाई ब्यवस्थित ढङ्गले संचालन गर्दै आएको श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक बिधालयका अध्यक्ष दिपप्रकाश गुप्ताले बताउनु भएकोछ। उहाँले श्री गढीमाई बहुमुखी क्यापसको आर्थिक अवस्था कमजोर रहेकोले बहुमुखी क्याम्पसलाई बिधालयले ५ ओटा ल्यापटप र दुई लाख पचास हजार रुपैयाको चेक श्री गढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय सवर्णकारलाई हस्तान्तरण गरेकोछ ।
बिधालयको ४० औं बार्षिक उत्सवमा वडा न १ अध्यक्ष सुदामा साह , शिक्षक , बिद्यार्थी , अभिभावक , समाजसेबी , बुधिजीबी पत्रकार प्रहरी प्रशासन लगाएत उपस्तिथि रहेको थियो । ,





0 Comments