बारा- १४ - फागुन श्रीकान्त गुप्ता - बाराको सुवर्ण गाउँपालिकामा संसदीय कोषको बजेटबाट बिधालयको नयाँ भवनको शिलान्यास भएकोछ । 
  
सुवर्ण गाउँपालिकाको वडा नं ४ हर्दिया औरइया स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालयको भवन शिलान्यास क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य (संसद)रामसहायक यादवले गरेकोछ । क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य रामसहायले आफ्नो संसदीय कोषबाट ५२ लाख र गाउँपालिकाबाट ३० लाखको सहयोगमा नेपाल राष्ट्रिय माध्यम बिधालयको नयाँ भवनको निर्माण हुन लागेको प्रतिनिधि सभा सदस्य रामसहाय यादवले भवनको शिलान्यास गर्ने क्रममा बताउनु भएकोछ । हर्दिया औरइयामा रहेको नेपाल राष्ट्रिय माध्यम बिधालयमा कक्षा कोठाको अभावमा पठन पाठन प्रभाबित भएकोले बिधालयको लागि नयाँ भवनको निर्माण हुन लागेको प्रतिनिधि सभा सदस्य यादवले बताउनु भएकोछ ।
सुवर्ण गाउँपालिका वडा नं ४ हर्दिया औरइया स्थिर नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा कक्षा १ देखि कक्षा १० सम्म पठन पाठन हुँदै आएकोछ । यस बिधालयमा साढे एघार सय भन्दा बढी बिद्यार्थी रहेकाछ । समयको परिवर्तन नयाँ टेक्नोलोजी र, शैक्षिक सामग्रीको प्रयोगबाट प्रभावकारी ढ्ङ्गले पठन पाठन हुने गर्दा बिधालयमा बिद्यार्थीको संख्यामा दिन प्रती दिन वृद्धि हुँदै गएको सुवर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले शिलान्यास कार्यक्रममा बताउनु भएकोछ ।
बिधालयमा बिद्यार्थीको संख्यामा वृद्धिले ब्यवस्थित पठन पाठन गर्न बिधालयको नयाँ भवनको निर्माण लागि गाउँपालिकाबाट ३० लाख बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत श्री वास्तवले जनकारी दिनु भएकोछ ।

बिधालयको भवन शिलान्यास कार्यक्रमा प्रदेश प्रतिनिधि सभा सदस्य बच्चा यादव , वडा अध्यक्ष दोलेन्द्र यादव , प्रहरी प्रशासन , पत्रकार , समाज सेबी , बुधिजिबी , स्थानीय लगाएत उपस्थित रहेको थियो ।