बारा -२९ माघ- श्रीकान्त गुप्ता - कोरोना भाइरसले १० महिना देखि बाराको कवही गोठ संन्तगज नाका बन्द भएकोले गर्दा सर्बसधारणलाई आउन जान समस्या भएपछि कवहीगोठ संन्तगज नाका र मटिर्वावा नाका खोलाउन बाराका तीन स्थानीय तहले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छ्न ।
बाराको महागढीमाई नगरपालिका कलैया उपमहानगरपालिका र करैयामाई गाउँपालिकाकाले कवहिगोठ नाका र पटिर्ववा नाका खोल्न प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाललाई ज्ञापन पत्र बुझाएका छ्न । बारा , पर्सा र रौतहट लगाएत अन्य जिल्लाको नाका सरकारले एकै साथ खोल्ने निर्णय गरे पनि बाराको कवहीगोठ संतगज र मटिवर्वा नाकालाई सरकारले खोलेका छैन । सरकारले नाका खोल्न काखां पाखा गरेपछि सर्बसधारणलाई सास्ती खेप्नु परेकोछ ।कोरोना भाइरसको डर त्रासले १० महिना देखि विभिन्न रोगको चेक जाँच गराउन नसकेका र भारतबाट अप्रेस गराएर आएका रोगीलाई पैदल ओहर दोहर गर्नु पर्ने अवस्था रहेको हुनाले जनताले आक्रोसित बनेका छ्न । कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले बताउनु भएकोछ ।
नेपाल र भारतको रोटी र बेटीको संबन्ध रहेका हुनाले कवहीगोठ संन्तगज नाकाबाट प्रतेक दिन २० हजार भन्दा बढी सर्बसधारणहरुले विभिन्न कामका लागी नेपालबाट भारत र भारतबाट नेपाल आउने जाने गर्छ । बन्दका कारण गढीमाई मंन्दिर पर्यटन क्षेत्रमा आउने भक्तजन पर्यटकहरुको कमीले विभिन्न ब्यवसायहरु थप भएका छ्न । नाका बन्दले स्थानीय सरकारको राजश्व असुलीमा प्रतेक्ष असर परेको छ। जनताको पीडा र सास्ती बुझेर सरकारले समयमा कवहीगोठ नाक खोलेन भने हामी आन्दोलमा जाने बताउनु भएकोछ । महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ ।
जनताको पीडा समस्या बुझेर एमबुलेन्स , सादी बिवाहको लागी नाका अनौपचारिक रुपमा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल बताउनु भएको बताउनु भएकोछ । गृहमन्त्रालय आदेश अनुसार १० दिन पछि नाका खुल्ने जनकारी गराउनु भएकोछ ।
नाका एमबुलेन्स र बिरामीहरुको लागि खोलेर मात्र हुदैन सर्बसधारणको लागी नाका खोल्नु पर्ने कुरामा महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देबीले जोड दिनु भएकोछ । उहाँले भने रोटी बेटीको सम्बन्ध भएको हुनाले कति सम्बन्ध टुटि सकेकोछ । कति पहुना आफ्न्तको १ बर्ष भन्दा बढी आएको भइसकेकोछ ।
सरकारले जनताको समस्या बुझेर समयमा नाका खोल्न अवस्थक देखिन्छ ।




0 Comments