बारा -३ -माघ -जनता समाजवादी पार्टी, नेपाल बाराले असंबैधानिक अलोकतान्त्रिक प्रतिगमनकारी विरुद्धको विशाल जनप्रदर्शन तथा विरोध कार्यक्रम आज कलैयाको श्री ३ चन्द्र माध्यमिक विध्यालयको प्राङ्गनमा सप्पन्न गरेको छ । जसपाका केन्द्रिय कार्यकारी कमिटी सदस्य तथा प्रदेश २ का भैतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, बारा क्षेत्र न २ का सांसद ताथा जसपा नेता रामशाह यादव, पुर्व राष्ट्रिय सभा सदस्य रमेश यादवले सम्बोधन गरेका थिए ।बारा जिल्लाको चार निर्वाचन क्षेत्रबाट हजारौं संख्यामा आएको जुलुसले नगर परिक्रमा गर्दै विरोधसभामा सहभागि जनाएको थियो ।
बिरोध सभा कार्यक्रममा पुर्व सभासद प्रमोद गुप्ताले, "केपी ओलिले न आफ्नो घर बनाउछन् न अरुको बनाउन दिन्छन्" भन्नु भयो। पुर्व राष्ट्रिय सभा सदस्य तथा नेता रमेश यादवले देशको आर्थिक भार बढाउन र कर जनतामा थप्न सरकारले चुनाव घोषणा गरेको बताउनु भयो । विरोधसभामा बारा क्षेत्र न २ का सांसद ताथा जसपा नेता रामशाह यादवले अब चुनाव नहुने र प्रतिनिधि सभा पुनस्थानमा नभएसम्म आन्दोलन हुने बताउनु भयो । कार्यक्रमको अन्त्यमा भैतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संसद विगठन संघीयतामाथिको कुठाराघात हो भन्नू भयो । कार्यक्रममा बारा जिल्लाका विभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्षमा तथा वडा अध्यक्षको पनि सहभागिता थियो



0 Comments