बारा -२४; पुष - श्रीकान्त गुप्ता- बेरोजगारी समस्या समाधानका लागि महागढीमाई नगरपालिकामा नगरप्रमुख उपेन्द्र यादवले थप ११२ वटा नयाँ सेटर घर निर्माणका लागी आज शिलान्यास गरेका हुन ।
महागढीमाई नगरपालिका वडा नं २ बरियारपुर बजारमा ब्यवसायीका लागि ७ वटा ब्लोकमा १२ /१४ को थप ११२ वटा नयाँ सेटर घर निर्माण हुन लागेको हो ।बेरोजगार यूवाहरुले विभिन्न किसिमको पसल खोलेर आफ्नो जीवन प्रतिपाल गर्न सक्ने उदेश्यले सेटर घरको निर्माण हुन लागेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ ।उहाँले भने बरियारपुर बजारलाई सुपर मार्केटको रुपमा परिवर्तन गरेर र नगरपालिकालाई एउटा नयाँ सहरको रुपमा बिकास गरेर गरिब बिपन्नलाई विभिन्न किसिमको ब्यवसायीक तालिम दिएर ब्यवसायीक क्षेत्रमा सम्माबेस गराउने नगरप्रमुख यादवले आफ्नो प्रतिबद्धता जनाउनु भएकोछ । महगाढीमाई नगरपालिका धार्मिक पर्यटकिय स्थल भएकोले प्रतेक दिन अहिले पाँच हजार भन्दा बढी दर्शनार्थीहरु आउने गरेको हुनाले यहाँ कुनै पनि ब्यवसायहरु सहज रुपले संचालन गरेर आफ्नो जीवन निर्वाह गर्न सकिने यादवले बताउनु भएकोछ ।
शिलान्यास कार्यक्रमामा बिरेन्द्र चौरासी , बिरेन्द्र यादव , शम्भु कुशवाहा , साजन गुप्ता समाज सेबी ब्यपारी विभिन्न राजनीतिक कार्यकर्ता लगाएत उपस्थिति रहेको थियो ।