बारा - २ माघ - बारा निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ख का सदस्य पारस साहले संघ, प्रदेश र स्थानिय सरकारको समन्वय भएमात्र शिक्षाको स्तरलाई अगाडी बढाउन सकिने कुरामा जोड दिनुभएको छ

रामराज मोहन बिक्रम क्याम्पसको १३ औ सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका प्रदेश साँसद साहले यस क्याम्पसको स्तरवृद्धि सगै शिक्षाको स्तरलाई अझै अचाईमा पुगाउनका लागि जस्तो सुकै सहयोग गर्ने आफु प्रतिवद्ध रहेको बताउनुभयो ।

क्याम्पसमा दक्ष जनशतिm परिचालन गरि बिधार्थीहरुलाई दतचित भई अध्यापन गराउन प्रध्याप्कहरुको भुमिका महत्पपुर्ण रहेको चर्चा गर्दै निष्टापुर्वक पढाउन आग्रह गर्नुभयो ।प्रदेश सरकारको सदनमा आफुले नै प्रस्ताव राखी समुदायिक बिधालयको स्तरवृद्धिका लागि निती तथा कार्यक्रममा बजेट समावेश गराएको बताउनुभयो । पुनारो भवन मर्मत तथा रंगरोहनका लागि संसदिय बिकासकोष बाट रु १० रुपैया माघ महिना भित्र क्याम्पसलाई दिने प्रतिवद्धता ब्यतm गर्नुभयो । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सहायक मन्त्रि कलावती पासवानले दलित छात्राबासलाई संचालन गर्न आग्रह गर्दै गरिब, निम्न बर्गका लागि सुबिधा प्रदान गर्न माँग गर्नुभयो ।

शिक्षा क्षेत्रमा राजनितिक नगर्न आग्रह गर्दै सहमति समन्वय गरि क्याम्पसलाई सही दिशातिर लान सुझाव दिनुभयो । कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवले क्याम्पसलाई वेवस्थित गर्न नगरपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै अन्य संकाय संचालन गर्नका लागि पनि पुर्णरुपमा आर्थिक सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।


अवश्रमा क्याम्पसको अवस्थाका बारेमा क्याम्पस प्रमुख रबिभुषन कुसवाहाले प्रकाश पार्नुभएको थियो । प्रध्याप्क अमित मिश्राको संचालन, संचालक समितिका उपाअध्यक्ष जंगबहादुर चौरसियाले स्वागत मन्तब्य गरेको सो कार्यक्रममा पत्रकार रतन टेमानीले गरिब, जेहन्दार एवम दलित वर्गका बिधार्थीहरु मध्ये १ जनालाई प्रत्येक बर्ष छात्रावृति प्रदान गर्ने घोषना गर्नुभएको थियो ।