बारा - १७ -माघ श्रीकान्त गुप्ता - सूवर्ण गाउँकार्यपालिका कार्यालयको छौठौं विशेष गाउँ सभा कार्यक्रममा उपाध्यक्ष बबिता यादवले अर्ध बार्षिक आ. व. ०७७/ ७८ को कुल बजेट ४८ करोड भन्दा बढी बजेट प्रस्तुत गरेकीछिन ।
आ. व . ०७७/०७८ को कुल बजेट ४८ करोड १७ लाख ४९ हजार ८ सय ६० रुपैया ३२ पैसा बजेट बिनियोजन गरेकीछिन । चालू तर्फ रु २७ करोड ५५ लाख ६९ हजार ८ सय ४६ रुपैया ३२ पैसा रहेको र चालू तर्फ वास्तविक खर्च ८ करोड ६३ लाख ७९ हजार १ सय ९४ रुपैया ५० पैसा (खर्च प्रतिशत ३१%) रहेको बताएकी छिन। त्यस्तै कुल बजेट मध्ये पुजिंगत तर्फ २० करोड ६१ लाख ८० हजार १४ रुपैया र पुंजीगत तर्फ वास्तविक खर्च १ करोड ७० लाख ३९ हजार २ सय ८६ रुपैया खर्च (८. २६ %) रहेकोछ । कार्यक्रममा उपाध्यक्ष यादवले प्रस्तुत गरेकीछिन ।

देशमा संघीयता हटाउनको लागी प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो सर्यन्त्र खेलिरहेकोछ । बिकास गर्ने समयमा संसद विघटन गरेर देशको राजनितीलाई अस्थर्था तर्फ ढकेलेकोछ । देशलाई संकटमा पारेर देशको अर्थ तन्त्रमा ठूलो नोक्सानी पुर्यारहेकोछ ।आफुले प्रदेश सरकारबाट शिक्षा , स्वास्थ , र कृषिको लागि बजेट ल्याएर बिकास गरेको प्रमुख अथिती प्रदेश नं २ का प्रतिनिधि सभाका सदस्य ( ख ) बिधायक बच्चालाल यादव अहिरले सूवर्ण गाउँकार्यपालिका कार्यालयको छौठौं विशेष गाउँ सभा कार्यक्रमको उद्धाटन गर्दै बताउनु भएकोछ ।
जनप्रतिनिधि , क्रमचारी आम जनतासंग समन्वय गरेर गाउँपालिकामा सडक ढलान नाला , निर्माण , खाने पानी , शिक्षा , स्वास्थमा राम्रो बिकास भएको सूवर्ण गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले बताउनु भएकोछ । उहाँले कोरोनाको समयमा आफुले अनुगमन टोली बनाएर जनताको जीवनको रक्षा गरेको बताउनु भएकोछ ।
किसानले मेहनत गरेर उत्पादन गरेको धान गंहु मकै लगाएत खदान्नको मुल्यमा सरकारले वृद्धि गरेका छैन ।खादन्नको मुल्यमा वृद्धि नहुदा किसानले मारमा परेका गाउँपालिका अध्यक्ष महेन्द्र यादवले बताउनु भएकोछ ।
छौठौं बिशेष गाउँ सभा कार्यक्रममा सूवर्ण गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्ष , कवहिगोठ इलाका प्रहरी , पत्रकार , समाज सेबी , विभिन्न राजनितिक दल आम नागरिक लगाएत उपस्तिथि रहेको थियो ।