बारा -२ - माघ- श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिका वडा नं २ मा दुई दिने लडाइ कुस्ती खेलको उदघाटन भएकोछ।दुई दिने खेल कुस्ती कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका पूर्ब संसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राधेचन्द्र यादवले गरेका छन ।
महासंक्रान्तीको उपलक्ष्यमा हरे बर्ष रामनाकामानामाई मंन्दिरको अगाडि लाग्ने मेलाको शोभा बढाउनका र आम नागरिकले हेरेर कुस्ती खेलबाट मनोरञ्जन गर्नको लागी दुई दिन कुस्ती खेल कार्यक्रम गरेको पूर्ब संसद यादवले बताउनु भएकोछ ।उहाँले भने खेल कुस्तीमा , नेपाल भारतका महलवान रहेकाछ्न । राष्ट्रिय र अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा कुस्ती खेलेका पहलवान खेलाडीबाट कुस्ती खेल हुन गइरहेको कार्यक्रममा बताउनु भएकोछ ।
माहागढीमाई नगरपालिकामा भौतिक पूर्बधार क्षेत्रमा , शैक्षिक क्षेत्रमा, र खेलखुद क्षेत्रमा सबै पालिका भन्दा राम्रो बिकास भएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसादले बताउनु भएकोछ । भौतिक बिकाससंगै खेलकुदको बिकास हुनु जरुरी रहेकोछ ।खेलकुद बिकासले नगरपालिका र देशको नाम अन्तराष्टिय देशहरुमा पहिचान र नाम कमाउन सकिन्छ । महागढीमाई नगरपालिकामा कुस्ती खेलाडी , कृकेट खेलाडी , फुटबल खेलाडी , भोली बल खेलाडी लगाएत अन्य खेलका खेलाडीहरु नगरपालिका भित्री त्यारी भइरहेको नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएकोछ ।
दुई दिन कुस्ती खेल कार्यक्रमा उपप्रमुख तारा देबी ,सबै वडाका अध्यक्षहरु , बिरेन्द्र यादव , प्रहरी प्रशासन , पत्रकार , हजारौ मानिसको उपस्थिति रहेको थियो ।