नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बाराको वृहत जिल्ला भेला बाराको कलैयामा सप्पन्न गरेको छ ।
बारा, पर्सा रौतहटसाथै अन्य जिल्लाको विभिन्न क्षेत्रबाट आएका हजारौंको समर्थकले भरिएको जुलुस नगर परिक्रमा गर्दै कलैयाको पार्टी कार्यालय नजिक चिल्ड्रेन वर्ड स्कुलको प्राङ्गणमा पुगी आम सभामा परिणत भएको थियो । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले पार्टी विभाजन विरुद्ध मुर्दावाद र कम्युनिष्ट एकता जिन्दावाद सम्पूर्ण जनताले भन्नुपर्ने भन्नुभयो । उहाँले भने केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको लागी जनताले जिताउनु भएकोछ । दुई बर्ष नबित्दै समाननीय प्रधानमन्त्री के पी शर्मा ओलीलाई धाका पारेर पदबाट हटाउन खोज्नु हो यस्ता कदापी हामीले हुन दिदैनै पार्टी भित्रका भएको गुठबन्दीको विरुद्धमा सबैले एक जुट भएर उभ्नुपर्ने र प्रदेश २ मा नेकपा कमजोर हुन नदिने बताउनुभएकोछ ।
शहरी बिकास मन्त्री प्रभु शाहले प्रदेश २ को साथ नेकपाले नै दिने भन्नुभयो । उहाँले कम्युनिष्ट एकता नहुनुको विकल्प नभएको बताउनुभयो । साथै बन्द सिमा नाका आजबाटै खुलोस भनेर सिसिएमसि प्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँ भने हावाहुरी सरकारले पिडितलाई रासन देखि लिएर घर निर्माण गरेर सहयोग गर्नु भएको थियो ।

राष्ट्रिय गीत, मौन धारण पछी पानसमा बत्ती बाल्दै कार्यक्रमको सरुवात गरिएको थियो । आमसभामा स्वागत गीत भोजपुरी प्रख्यात गीतकार शुनिल पन्डितले गाएका थिए भने आमसभालाई संचालन केन्द्रिय सदस्य अच्युत मैनालीले गरेका थिए । साथै आजको कार्यक्रममा विभिन्न दल परित्यागगरी नेकपा पार्टीमा प्रवेश गरेका थिए ।