बारा - सिमरौनगढ मेयर कप क्रिकेट प्रतियोगिता सीजन ८ को उपाधि सिम्रौनगढ़ले बिजय भएकोछ ।मंगलबार सम्पन्न फाइनल खेलमा बीरगंजलाई २ विकेटले पराजित गर्दै सिम्रौनगढ़ले जीतको रङ्ग र ताज लगाएका छ्न ।
पहिलो ब्याटिङ गरेको बीरगंजले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय चार रन बनाएको थियो । एक सय पाँच रनको विजय लक्ष्य पछ्याएको सिम्रौनगढ़ले आठ विकेटमा एक सय पाँच रन बनाउँदै सिमरौनगढका खेलाडीले खेल जित्न सफल भएको हो म्यान अफ द म्याच सिम्रौनगढ़ टीमका दिलीप “बटलर“ घोषित भएका छन ।
सिम्रौनगढ़ नगरपालिकाका नगर प्रमुख बिजय शंकर यादवले खेलाडीहरुलाई जीतको धन्यवाद दिदै ,नगरपालिकाले यूवाहरुलाई प्राथमिकमा राखेर विभिन्न खेल र कार्यक्रमको माध्यबाट यूवाहरुलाई अगाडी बढाउदै बताउनु भएकोछ । सिमरौनगढको विभिन्न खेलका खेलाडीलाई राष्ट्रिय खेल सम्म पुर्याउने आफ्नो प्रतिबद्धता रहेको गरिब पुकार डट कमलाई जनकारी गराउदै सिमरौनगढका जीत उपाधी खेलाडी टिमलाई मेडल , प्रमाणपत्र र पचास हजार नगद पुरस्कार दिएका छ्न ।भने उपविजेता बीरगंजले रु २० हजार नगद प्राप्त गरेकोछ।
वडा नम्बर ६ का वडा अध्यक्ष शंकर साह कानु शिक्षा खेलकुद सयोजक - राजन मिया चुरियार , दिपक सुबेदी ,अर्बिन्द कुमार महतो , पत्रकार श्रीकान्त कुमार गुप्ता लगाएतको हाथबाट पुरस्कार बितरण गरेकाछन ।